सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १६ । तिहारको समयमा साँझ ६ बजेसम्म मात्र देउसी भैलोलगायतका विभिन्न साँस्कृतिक कार्यक्रम गर्न पाइने भएको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर देउसी भैलोलगायतका विभिन्न साँस्कृतिक कार्यक्रम साँझ ६ बजेसम्म मात्र गर्न अनुरोध गरेको छ ।
रातका समयमा त्यस्ता कार्यक्रम गर्दा अवाञ्चित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भन्दै गृहले सुरक्षालाई दृष्टिगत गरी समयसीमा तोकिएको जनाएको छ । तिहार शुक्रबारबाट सुरु भएको छ ।
No comments:
Post a Comment