Sunday, November 10, 2013

किशनपुर गाविसले भत्ता बाँड्यो

किशनपुर गाविसले भत्ता बाँड्यो
सर्लाही समाचारदाता
किशनपुर, कात्तिक १६ । गाविसको कार्यालय किशनपुरले शनिबार गाविस भित्रका जेष्ठ नागरिक , एकल महिला, अपाङ्ग, लगायतलाई भत्ता वितरण गरेको छ ।
सामाजिक सुरक्षा शिर्षकमा नेपाल सरकारबाट प्राप्त कुल ७ लाख ५० हजार ४ सय रुपैया वितरण गरिएको गाविस सचिव हरिकान्तलाल कर्णले जानकारी दिए । गाविस भित्रका १ सय ६६ जना जेष्ठ नागरिक, ५९ जना जेष्ठ दलित, ९३ जना एकल महिला , ६० जना ६० वर्षमुनिका एकल महिला, पुर्ण अपाङग ७ जना र आशिंक अपाङग २ जनालाई भत्ता वितरण गरिएको सचिव कर्णले जानकारी दिए ।
गत साउनदेखि कात्तिक महिनासम्मको भत्ता बापतको रकम वितरण गरिएको गाविस कार्यालयले जनाएको छ । भत्ता पाएपछि सेवाग्राही निकै हर्षित भएका थिए  ।

No comments:

Post a Comment