Sunday, November 10, 2013

डिजल चोरी गरेको दावी

डिजल चोरी गरेको दावी
सर्लाही समाचारदाता
नवलपुर, कात्तिक २१ । नेपाल आयल निगम अमलेखगंज डिपोबाट ल्याएको डिजलको परिमाण पूरा नभएको बरकाती Çयूल सेन्टर नवलपुरले दावी गरेको छ ।
बुधबार राती ना. २ ख ५१८३ नम्बरको ट्यांकरबाट ५२ लिटर डिजल घटेको Çयूल सेन्टरका प्रोपाइटर जकी अहमद् मिकरानीले बताए । तीनहजार लिटर डिजल मगाईएकोमा ५२ लिटर डिजल कमि भएकाले ट्यांकर नियन्त्रणमा राखिएको मिकरानीले बताए । ट्यांकर व्यवसायीले निगमबाट सहि परिमाणमा पेट्रोलिय पदार्थ ल्याउने तर निगमको मुख्यद्वार अगाडी बाहिर ड्रम राखेर प्रति चेम्बर       (प्रति तीनहजार लटर) बाट ५० देखि ६० लिटर निकालेर चोरी गर्ने गरेको मिकरानीको दावी थियो । प्रहरी प्रशासनले चोरी विरुद्ध केही गर्न नसकेको समेत मिकरानीको आरोप छ ।
यसअघि पनि ना. २ ख ३५२ नम्बर लगायतका ट्यांकरबाट डिजल चोरी भएको सो सेन्टरले जनाएको छ । ट्यांकर सञ्चालकले आफूहरु मजदुर भएको बताउँदै लाखौंको तेल चोरी गर्ने गरेको मिकरानीले आरोप लगाए । नियन्त्रणमा रहेको ट्यांकर सवारी धनी आएर आÇनो सम्पूर्ण क्षतिको पूर्ति गरेपछिमात्र छाडिने मिकरानीको भनाई छ । मिकरानीले  डिजल र पेट्रोल मिलाएर आफुलाई दुईहजार पाँचसय लिटर भन्दा बढी घाटा लागेकोले सोको पुर्ति गरिनुपर्ने उल्लेख गरे ।

No comments:

Post a Comment