Sunday, November 10, 2013

चुरेभावरमा नयाँ उम्मेद्वार

चुरेभावरमा नयाँ उम्मेद्वार
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १६ । भुमी निरौलाको नेतृत्वको चुरेभावर लोकतान्त्रिक पार्टीबाट क्षेत्र नं. ३ का लागि शनिबार नयाँ उम्मेद्वारको मनोनयन–पत्र दर्ता भएको छ । संविधान सभा–२ निर्वाचनका लागि गत असोज १७ गते सो क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गराएका थलराज वाग्ले (राजु) को गत विहीबार निधन भएपनि उनको स्थानमा उनकै श्रीमती ३१ वर्षिया संगिता वाग्लेको मनोनयन पत्र दर्ता भएको हो ।
हरिवन–४ निवासी वाग्ले पतिको काजक्रियाका लागि कोरामा बसेकाले प्रतिनिधी केन्द्र कुमार चौलागाई मार्फत उम्मेद्वार मनोनयन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वाग्लेको निधन पश्चात अर्काे उम्मेद्वार दर्ता गर्न सक्ने निर्वाचन आयोगको निर्णय पश्चात नयाँ उम्मेद्वार चयन गरिएको क्षेत्र नं. ३ का निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए ।
नयाँ उम्मेद्वार (संगिता) लाई समेत पुरानै उम्मेद्वारको चुनाव चिन्ह कायम भएको बताइएको छ । निर्वाचनको मिति भन्दा १५ दिन अघि उम्मेद्वारको निधन भएमा सोही मितिका निर्वाचनका लागि अर्काे उम्मेद्वार चयन गर्न सकिने भएको तर १५ दिनभन्दा कम समयमा उम्मेद्वारको निधन भएमा सो क्षेत्रको निर्वाचन नै स्थगित हुने आयोगको नियममा उल्लेख छ ।

No comments:

Post a Comment