गाँजाधारी वृद्धलाई म्याद थप
सर्लाही समाचारदाता
गोडैता, कात्तिक १५ । शरिरभरी गाँजाले बेरिएको अवस्थामा पक्राउ परेका एक वृद्धलाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गरी कार्वाही प्रकृया अगाडी बढाएको छ । लक्ष्मीपुर सुखचैना गाविस–९ का ६५ वर्षिय निरसल सहनीलाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद लिएर शुक्रबारबाट कार्वाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । गोडैता प्रहरी चौकीको टोलीले चेकजाँचका क्रममा बुधबार गोडैता बजारबाट सहनीलाई साँढे ४ किलो गाँजा सहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले शरिरभरी गाँजा प्याक गरेर प्लाष्टिकले बेरेर टाँसेका थिए ।
भारतीय मोटरसाईकल को पछाडी बसेर आइरहेका सहनी भाग्न नसक्दा प्रहरीको मोटरसाईकल चालक भने भाग्न सफल भएको प्रवक्ता ओलीले बताए । मोटरसाईकल चालक नजिकैको उखुबारी भित्र छिरेर भाग्न सफल भएको प्रवक्ता ओलीले जनाए । प्रहरीले बीआर ५५–३४९१ नम्बरको रातो डिस्कभर मोटरसाईकल समेत बरामद् गरेको छ । उनीहरुले भारततर्फ उक्त गाँजा लैजान लागेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको र फरार अभियुक्तको खोजी भईरहेको प्रवक्ता ओलीले बताए ।
No comments:
Post a Comment