Sunday, November 10, 2013

निर्वाचन क्षेत्र अनुगमन

निर्वाचन क्षेत्र अनुगमन
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १६ । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले शनिबार जिल्ला स्थित विभिन्न क्षेत्रको निर्वाचन प्रचारप्रसारको अनुगमन एवं मतदात केन्द्रहरुको निरीक्षण गरेको छ ।
अनुगमन एवं निरीक्षण क्षेत्र नं. १ को लालबन्दीबाट सुरु भएको थियो । क्षेत्र नं. २ को नवलपुर, हरिवन, नयाँरोड सहित क्षेत्र नं. ३ को कर्मैयाबाट बरहथवा
हुँदै क्षेत्र नं. ५ को गोडैताबाट टोली सदरमुकाम मलंगवा पुगेको थियो । टोलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिकृत रामचरित्र मेहता, जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारी लगायत रहेका थिए । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने जनकपुर अञ्चल प्रहरी कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछाने समेत सहभागि भएका थिए ।
अनुगमनका क्रममा क्षेत्र नं. ३ का अधिकांश भाग घुमिएको र आचारसंहिता विपरित कुनै क्रियाकलाप नदेखिएको निर्वाचन कार्यालय प्रमुख अधिकारीले बताए । सुरक्षाको अवस्था, भौतिक संरचना लगायत आधारमा मतदान केन्द्रहरु समेत सुरक्षीत देखिएको टोलीले जनाएको छ ।

No comments:

Post a Comment