हृदयनारायणले फोरम त्यागे
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १६ । मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सल्लाहकार हृदयनारायण चौधरीले उक्त पार्टी त्यागेको घोषणा गरेका छन् ।
शनिबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी उनले मजफो नेपालको साधारण सदस्य समेत त्यागेको जानकारी दिए । सो अवसरमा उनले प्रेस विज्ञप्ति वितरण समेत गरेका थिए । उनले सर्लाही क्षेत्र नं. ५ का अन्य नेताकार्यकर्ताहरु एवं जिल्लाका नेता कार्यकर्ताले समेत फोरम नेपाल त्यागेको दावी गरेका छन् ।
मजफो नेपालले आगामी संविधान सभाको निर्वाचनका क्रममा प्रत्यक्ष तथा समानुतपातिकतर्पm उम्मेद्वार चयनमा नेतृत्वको स्वार्थ एवं अनियमितताका कारण आफूले सो पार्टी त्याग गरेको उनको विज्ञप्तिमा उल्लेख छ । “देश र मधेशको हकहित भन्दा सिमित व्यक्ति एवं नेता र कार्यकर्ताको हितमा नेतृत्वले बढी ध्यान दिएको देखियो ।” सर्लाहीको पडरिया निवासी चौधरीले भने–“त्यसैले उक्त पार्टीको साधारण सदस्य समेत त्याग्ने निर्णय गरेँ ।” एक प्रश्नमा उनले तत्काल कुनै पार्टीमा सकृय नहुने र दिपावली एवं छठ पछि भने त्यसबारे सोचिने बताए ।
०६२÷०६३ को मधेश आन्दोलनताका सर्लाहीमा लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर आन्दोलन चर्काएका चौधरीले ६ सय १ जना सभासद्ले मुलुकलाई नयाँ संविधान दिन नसकेको भन्दै केहीवर्ष अघि नयाँ संविधानको खाका समेत सार्वजनिक गरेका थिए । समानुपातिक सभास्दको उम्मेद्वारमा चयन हुने शर्तमा उनी केही समय अघि फोरम नेपाल प्रवेश गरेको जानकारहरुले बताएका छन् । तर उक्त पार्टीको समानुपातिक सूचीमा नाम नपरेपछि उनी रुष्ट बनेका थिए ।
निकट स्रोतहरुका अनुसार चौधरी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गर्ने लगभग निश्चित भईसकेको छ ।
No comments:
Post a Comment