झाले सर्लाहीको अवस्था बुझे
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १६ । नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सदस्य धर्मेन्द्र झाले शनिबार सर्लाहीका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।
झाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नयाँरोड, हरिवन, नवलपुर,लालबन्दी लगायत स्थानमा निर्वाचनको प्रचारप्रसारको अवस्था आदिका बारेमा स्थलगत अवलोकन गरेका थिए । उनले नेपाल प्रेस युनियन सर्लाहीका पदाधिकारी सहित स्थानीय संचारकर्मीहरुसँग समेत अन्तरक्रिया लगायत कार्यक्रम गरेका थिए । अनुगमन पश्चात झा शनिबार राती नै पूर्वतर्फ लागेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका झा नेपाली कांग्रेसका समानुपातिकतर्फका उम्मेद्वार समेत हुन् । नेपाली कांग्रेसको प्रचारप्रसार एवं जिल्लामा पार्टीको अवस्था आदिका बारेमा जानकारी लिने उद्धेश्यले आफू आएको झाले बताए । केहीदिनपछि पूनः सर्लाहीमा पार्टीको निर्वाचन प्रचारप्रसार आदिका बारेमा विस्तृतमा जानकारी लिन र पार्टीको निर्वाचन रणनीति आदिका बारेमा छलफल गर्न आउने झाले बताए ।
No comments:
Post a Comment