तिहार सुरु
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १५ । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार (दिपावली) शुक्रबारबाट सुरु भएको छ ।
यमपञ्चक समेत भनिने तिहारको पहिलो दिन शुक्रबार यमराजको सन्देस वाहक मानिने कागलाई यमदूतको रुपमा पुजा गरेर खानेकुरा दिइ सत्कार गरिएको छ । जिल्लाका विभिन्न स्थानमा कागको पुजा गरि खानेकुरा समेत दिईएको थियो ।
वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र वली राजाले पाँच दिन राज्यभर दीपावली गरेर खुसीयाली वाँडेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । बलि राजाले राज्य गर्ने दिन यमराजले पनि फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनीलाई उपहार दिएर भातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन भाइ टिका मनाउने चलन छ ।
यसैबीच शास्त्रअुसार आजै आयुर्वेदका आचार्य धन्वन्तरिको प्रादुर्भाव भएको भनी वैद्य कविराजहरुद्वारा धन्वन्तरिको जन्मजयन्ती पनि मनाइन्छ । तिहारका वेला नयाँ भाँडा किन्ने र त्यसैमा नैवेद्य बनाइ लक्ष्मीलाई चढाउने प्रचलन छ ।
No comments:
Post a Comment