Thursday, November 14, 2013

म्यादी प्रहरीको ड्रेस आयो

म्यादी प्रहरीको ड्रेस आयो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २८ । आगामी मंसिर ४ गते हुने दोस्रो संविधान सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीका लागि ड्रेस लगायतका सामग्री आईपुगेको छ ।
निलो ड्रेस, जुत्ता र वेतबाँसको लठ्ठी लगायतको सामग्रीहरु आईपुगेको प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले बताए । बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा आईपुगेका सामग्री धमाधम म्यादी प्रहरीहरु रहेका इलाका प्रहरी कार्यालयमा पठाउने काम भईरहेको उनले बताए । कतिपय स्थानमा विहिबार साँझसम्म पठाईसकिएको र बाँकी स्थानमा शुक्रबार विहानसम्म पठाईसक्ने डिएसपी भट्टराईले जानकारी दिए ।
जिल्लामा एकहजार चारसय ६५ जना म्यादी प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालयले जनायो । विहिबारबाट कतिपय स्थानमा ड्रेस लगाएका म्यादी प्रहरी खट्न सुरु गरिसकेका छन् । प्रहरी स्रोतका अनुसार डे«स लगायतका सामग्री आउन ढिलाई भएका कारण म्यादी प्रहरीलाई खटाउन समस्या परिरहेको थियो ।

No comments:

Post a Comment