Sunday, November 17, 2013

परिचय पत्रमा मारामार

परिचय पत्रमा मारामार
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २ । आगामी संविधान सभा निर्वाचनका लागि जिल्ला स्थित संपूर्ण मतदान केन्द्रहरुबाट मतदाता परिचय पत्र वितरण भईरहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले बताएका छन् ।
‘‘आज विहानबाट जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण लगायत तयारीका कामहरु दु्रत गतिमा भईरहेका छन् ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारील आईतबार सर्लाही दैनिकसँग भने–‘‘भोली दिनभर पनि परिचय पत्र वितरण हुन्छ ।’’ निर्वाचन आयोगले मतदाता नमावलीमा नाम रहेका मतदाताले परिचय पत्र लिन नसकेपनि नेपाली नागरिकता प्रमाणपत्र वा अन्य सरकारी परिचयपत्रबाट पनि भोट हाल्न पाउने व्यवस्था मिलाएको छ ।
जिल्लामा ५ सय ५ वटा मतदान केन्द्र रहेका छन् । परिचय पत्र लिनेहरुको आईतबार विहानैदेखि मतदान केन्द्रहरुमा भिड लागेको छ । कतिपय मतदाता परिचय पत्र लिन नसकेका कारण त्यसै घर फर्किएका छन् । केही मतदान केन्द्रहरुमा सहायक स्तरका कर्मचारीहरु नपुगेको खबर आएकाले सम्बन्धित कर्मचारीलाई समेत ताकेता गरिएको अधिकारीले बताए । ‘‘केही कर्मचारी मतदान केन्द्रमा नगएको खबर आएको छ ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने–‘‘समस्या देखिए वैकल्पिक कर्मचारीहरु समेत तयार अवस्थामा राखेका छौं ।’’

No comments:

Post a Comment