२०६४ का विजेताको पनि जफत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ९ । २०६४ को संविधान सभा निर्वाचनमा विजयी भएका दुईजना उम्मेद्वारले गत मंगलबार सम्पन्न संविधान सभा निर्वाचनको मतगणना परिणाम अनुसार आÇनो जमानत बचाउन सकेनन् ।
क्षेत्र नं. २ र ४ मा संघिय समाजवादी पार्टीबाट उम्मेद्वार भएका मोहम्मद रिजवान अन्सारी र क्षेत्र नं. ५ मा तराई मधेश सद्भावना पार्टीका उम्मेद्वार खोभारी रायको जमानत जफत भएको हो । अन्सारीले क्षेत्र नं. २ मा २ हजार २ सय ८२ मत मात्र पाएका छन् । जमानत जोगाउन कम्तिमा ४ हजार १ सय ३८ मत ल्याउनु आवश्यक थियो । यसअघि संविधान सभा निर्वाचन २०६४ मा अन्सारीले क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट ९ हजार १ सय ५६ मत ल्याई विजयी भएका थिए ।
सदरमुकाम मलंगवा घर भएका अन्सारीले क्षेत्र नं. ४ बाट समेत जमानत जोगाउन सकेनन् । त्यहाँ अन्सारीले १ सय ४९ मत मात्र पाए । जमानत जोगाउन ४ हजार २ सय ३५ मत ल्याउनु आवश्यक थियो ।
त्यस्तै २०६४ को संविधान सभा निर्वाचनमा सद्भावना पार्टीको तर्फबाट क्षेत्र नं. ५ मा विजयी खोभारी रायले यसपटकको निर्वाचनमा आÇनो जमानत समेत बचाउन सकेनन् । उनले यो चुनावमा ३ हजार ७ सय ७५ मत प्राप्त गरे । जमानत जोगाउनका लागि उक्त क्षेत्रमा कम्तिमा ४ हजार २ सय ८२ मत ल्याउनु आवश्यक थियो । उनी यसपटक तराई मधेश सद्भावना पार्टी नेपालको तर्फबाट उम्मेद्वारी दिएका थिए ।
No comments:
Post a Comment