Wednesday, November 13, 2013

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २७ । निर्वाचन आचारसंहिता विपरित राजनैतिक दलले निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरेको बुधबार मलंगवामा आयोजित एक कार्यक्रममा चर्चा गरिएको छ ।
जिल्ला बालकल्याण समितिले आयोजना गरेको बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने कार्यक्रममा दलहरुले बालबालिकाको प्रयोग चर्चा गरिएको हो । जिल्ला बाल अधिकार अधिकृत अम्बिका पौडेलका अनुसार जिल्ला स्थित राजनैतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज, गैरसरकारी संस्था, शिक्षा कार्यालय, जिविस प्रतिनिधि एवं बाल क्लव संजाल रहेको कार्यक्रममा निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने र यसमा सबै सचेत रहनुपर्ने उल्लेख गरेका थिए ।
गैर सरकारी संस्था समन्वय समितिका रजनीकान्त झा, बाल कल्याण अधिकारी निरुलक्ष्मी श्रेष्ठले बालबालिका प्रयोग गरी निर्वाचनको प्रचार गर्ने राजनैतिक दललाई कारवाहीको प्रकृया अगाडी बढाउनुपर्ने बताएका थिए ।
जिल्लाका केही राजनैतिक दलले प्रलोभन देखाई निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरेका पाइएको कार्यक्रममा जनाइएको थियो ।

No comments:

Post a Comment