तराईमा सामाचकेवा पर्वको हर्षोल्लास सुरु
सन्तोष सिंह
मलंगवा, कात्तिक २७ । सर्लाही सहित तराईका विभिन्न जिल्लामा भाइ–बहिनीको अमर पे्रमको प्रतिकको रुपमा मनाईने लोकप्रिय सामाचकेवा पर्व सुरु भएको छ । छठ पर्वको खरनादेखि कात्तिक पूर्णिमा सम्म खेलिने सामाचकेवा सर्लाहीका दक्षिणी क्षेत्रका किशोरी र महिलाहरुले पनि खेल्न सुरु गरेका छन् । मौलिक लोक दोहोरी भाकामा गाइने गीतहरुले सामाचकेवाको रौनकता बढाएको छ ।
माटोबाट तयार पारिएका भाई र बहिनी एवं चुगला (श्रीमान श्रीमतीको बारेमा यताउता कुरा लगाएर झगडा गराउने छुल्याहाको आकृति) घाममा सुकाई राती डाला (ढक्की)मा राखेर, दीप वाली घरबाट बाहिर अन्य साथीहरुसँग मिलेर गीत गाउदै सामा खेल्ने परम्परा रहेको छ । परम्परागत विश्वासको आधारमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको छ । मिथलानी महिलाहरु आ–आप्mनो डाला एक ठाउँमा राखी आपूm चारैतीर वृत्ताकारमा बस्दछन् र गित गाउदै डालालाई दाहिने हातले बढाउदै बायाँ हातले आपूmतिर तान्छन् । वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भनिन्छ ।
सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको रुपमा माटोको आकृति बनाइएको हुन्छ । सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुक्ली(झगडा) लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतिक सनलाई डढाउने काम हुन्छ । सबै बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउँछन् । (धान, धान, धान, भइया कोठी धान, चुगला कोठी भूस्सा । भइया मुख पान, चुगला मुख कोइला, चाउर–चाउर–चाउर, भैया कोठी चाउर चुगला कोठी छाउर......। अर्थात, दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला । दाजुको कोठीमा चामल भरेको छ तर चुगलाको कोठीमा खरानी छ ।)
अन्ततिर बृन्दावनको प्रतिक राडीखरबाट बनाइएको तराईमा............
आकृतिमा आगो लगाइन्छ र त्यसलाई आप्mनै हातले निभाएर दैनिक रुपमा खेलिने सामाचकेवा मध्यराती समाप्त हुन्छ । पूर्णिमाका दिन बहिनीहरुले आप्mना भाइ वा दाईलाई निमन्त्रणा गर्दछन्् । भाइले घडामा राखरे सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ । बहिनीद्धारा भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउने चलन छ । मिथिलाञ्चलको लोकजीवनसँग गाँसिएको सामाचकेवा लोकपर्व पुर्णिमा कै दिन सम्पन्न हुन्छ ।
जानकारहरुका अनुसार कुनै छुल्याहाले सामाको सम्बन्ध कुनै मुनि सँग छ भनेर बुवा कृष्णलाई चुक्ली लगाई दिएपछि उनी त्रूmद्ध भएर छोरीलाई श्रापद्धारा चरा बनाइ दिए । चारुबक्र पनि पत्निसँगै रहन चराकै रुपमा आउन बरदान मागेपछि सामाका भाई शम्वले घोर तपस्या गरेर आप्mनी बहिनी र भिनाजुलाई मानिसको रुपमा फर्काउन सफल भए । उनी कात्र्तिक पूर्णिमा कै दिन सफल भएका थिए । त्यसैले त्यसदिन यस पर्वको बिसर्जन गरिन्छ । पद्म पुराणमा सामान्य चर्चा र स्कन्धपुराणमा सामाचकेवा बारेमा विस्तारमा लेखिएको छ ।
सामाचकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली गलौज गर्ने खालका गीतहरु गाएर बहिनीहरु मनोरञ्जन गर्दछन् । सामाचकेवा खेल्ने किशोरीहरुले कम्तिमा ७ पटक गीत गाउँनै पर्दछ । मनोरञ्जन गर्दै गाइने गीत मार्फत नै किशोरीहरुले समाचकेवालई फेरी, अर्काे वर्ष आउन निमन्त्रणा पनि दिन्छन् । (सामचको, सामचको अविह हे, अविह हे । कुड खेतमे बैसिह हे बैसिह हे अर्थात समाचकेवा तिमी फेरी नि आउनु है । अनि जोतीएको खेतमा बस्नु है ।)
नागरिक समाजका अगूवा समेत रहेका उग्रकान्त झाले तराईमा विशेष गरी मिथिलामा यो पर्व बढी मनाईने बताए । ‘‘पारिवारिक मनोरञ्जन र दुःख–सुख साट्ने पर्वको रुपमा यसलाई मनाईन्छ ।’’ झाले भने–‘‘ब्राम्हण, राजपुत, भूमिहार लगायत सबै जातीले यो पर्व हर्षोल्लासपूर्वक मनाउँछन् ।’’ हाल सर्लाहीका दक्षीणी क्षेत्र स्थित विभिन्न गाउँमा सामाचकेवा पर्व मनाउन सुरु गरिसकिएको स्थानीय बासिन्दाले बताएका छन् ।
No comments:
Post a Comment