Wednesday, November 13, 2013

फोटो सहितको परिचय पत्र आयो

फोटो सहितको परिचय पत्र आयो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २७ । आगामी मंसिर ४ गते हुने संविधान सभा निर्वाचनका लागि सर्लाहीका मतदाताको फोटो सहितको परिचय–पत्र आईपुगेको छ ।
बुधबार साँझ मतदाता परिचय–पत्र आईपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए । सर्लाहीमा रहेका तीनलाख २० हजार ६ सय ४९ जना मतदाताका लागि परिचय पत्र आएको अधिकारीले बताए ।
अधिकारीका अनुसार आएका परिचय–पत्र सम्बन्धित मतदान केन्द्रबाट आगामी मंसिर ३ गते भित्र वितरण हुने गरी तयारी सुरु गरिएको छ । ‘‘मतदान अधिकृतहरुलाई जिम्मा लगाएर मतदान केन्द्रमा पठाउँदै छौं ।’’ प्रमुख अधिकारीले भने–‘‘मतदातालाई आफूले भोट हाल्ने मतदान केन्द्रमै परिचय प्रत्र पाउने गरी व्यवस्था मिलाउने तयारी भईरहेको छ ।’’ निर्वाचन आयोगले कतिपय जिल्लामा भने फोटो सहितको परिचय पत्र पठाउन नसकिने भएकाले नागरिकता प्रमाण पत्र सहित सरकारी परिचय पत्रबाटै मतदान गर्न पाउने बताउँदै आएको छ ।
प्रमुख अधिकारीले मतदान अधिकृत एवं सहायक मतदान अधिकृत सहितका कर्मचारीलाई यथाशिघ्र आ–आÇनो नियुक्ति पत्र लिएर कार्यक्षेत्रमा खटिन आग्रह समेत गरे ।

No comments:

Post a Comment