एमाओवादीले मतगणना स्थल छाडे
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ६ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार सम्पन्न मतदान प्रकृया प्रति वहिष्कार जनाउँदै एकिकृत नेकपा माओवादी सर्लाहीका उम्मेद्वार सहित कार्यकर्ताहरु मतगणना स्थलबाट बाहिरिएका छन् ।
पार्टीका राष्ट्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विहिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी मतदान प्रकृयाको स्वतन्त्र रुपमा छानवीन नभएसम्म मतगणनाबाट आउने परिणाम स्वीकार नगर्ने बताएसँगै सर्लाहीमा पनि मतगणनामा सहभागि नेता कार्यकर्ताहरु बाहिरिएका हुन् । क्षेत्र नं. १ बाहेक अन्य क्षेत्रको मतगणना स्थलबाट एमाओावादी कार्यकर्ताहरु बाहिरिएका स्रोतहरुले बताएका छन् । क्षेत्र नं. १ मा भने लालबहादुर माझी (मनिष) लगायतका कार्यकर्ताहरु मतगणनामा प्रतिनिधित्व गरिरहेका छन् ।
एमाओवादीले गत मंगलबार सम्पन्न संविधान सभा निर्वाचनमा देशी तथा विदेशी शक्तिहरुले षडयन्त्र गरी धाँधली गरेर पार्टीलाई फसाएको दावी सहित त्यसको स्वतन्त्र रुपमा छानवीन हुनुपर्ने र नभएसम्म मतगणना सहित त्यसबाट आउने परिणामको वहिष्कार गर्ने चेतावनी दिएको छ ।
No comments:
Post a Comment