‘दुत’ बनिरहेका छन् ‘होटल’ का कार्यकर्ता
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर ६ । संविधान सभा निर्वाचन अन्तर्गत भईरहेको मतगणनाको विभिन्न कार्यकर्ताहरु भने होटलमा बसेर विश्लेषण गर्ने र माथिल्लो निकाय सहित अन्य जिल्लाका सहकर्मी कार्यकर्तालाई खबर आदान प्रदान गर्ने ‘दुत’ बनेर समय विताउने गरेका छन् । प्रतिस्पर्धामा रहेका आÇना उम्मेद्वारहरुले जित्ने ठोकूवाको खबर प्रदान गरेर सहकर्मी कार्यकर्तालाई ढाढस दिने उनीहरुको दैनिकी नै बनेको छ । ‘‘अहिले विपक्षी उम्मेद्वारको प्रभाव रहेको गाउँको मतपेटिकाबाट गणना भएकाले हामी पछि परेका हौं ।’’ नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाल एमाओवादी उम्मेद्वारबाट पछि परेको समयमा होटलमा बसिरहेका एक कार्यकर्ताले विहिबार दिउँसो फोन वार्तामा सुनाए–‘‘अब हाम्रो प्रभाव क्षेत्रको मतपेटिकाको पालो आउँदैछ, उहाँले जित्ने निश्चित छ ।’’
अधिकांश होटलहरुमा बसेर समय काट्ने गरेका प्रतिस्पर्धी दलका कार्यकर्ताहरुको दैनिकी बुधबार विहानदेखि पछिल्लो मतपरिणाम बाहिरी जिल्लाका कार्यकर्तालाई खबर गर्ने र ‘फलानो पार्टीको गढको सकियो अब हाम्रो गढको गणना हुदैछ’ भनेर सुनाउने होड्बाजीमा तल्लिन देखिन्छन् । मतगणना स्थलबाट बाहिरिने संचारकर्मी र आÇना पार्टीका प्रतिनिधिको सहारामा ‘होटल’ का कार्यकर्ताहरुले आफू निकटका नेता कार्यकर्तालाई फोन मार्फत बारम्बार संचार गरिरहेका छन् । बेला–बेलामा होटलमा सामुन्ने पर्ने आÇना उम्मेद्वारलाई समेत तपाईको जीत सुनिश्चित छ भन्दै उच्च मनोबल बनाउँदै साँझको खाजा अनि सुताई खर्चबापत लाग्ने ‘नुन’ को सोझो बनिदिन्छन् ‘होटल’ कार्यकर्ताहरु ।
नेकपा एमालेका राष्ट्रिय अध्यक्ष खनाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादव समेत उम्मेद्वार रहेकाले सर्लाहीको मतपरिणामको बारेमा मुलुकव्यापी चासो देखिनु स्वभाविकै हो । त्यसैले पनि मतगणना नसकिएसम्म सदरमुकाम मलंगवा स्थित होटलहरु कार्यकर्ताले भरिभराउ
छन्, त्यसले पनि नभ्याएर होटलका सभाहल एवं सडक पेटीमा समेत कार्यकर्ताहरु धर्ना दिएर बसिरहेका छन् । उनीहरुको काम आफू निकट पार्टीका गाउँतिर र अन्य शहरहरुमा रहेका कार्यकर्ता एवं समर्थहरुलाई मतगणनाको परिणाम एवं भावि अवस्था संचार गर्नु नै हो ।
सदरमुकाम मलंगवा स्थित जानकी फैमिली होटलका सञ्चालक राजेश शर्माले होटलका १६ वटा कोठाहरु बुधबारदेखि प्याक भएको र सभाहल समेत राती सुत्नका लागि बग्रेल्ती नेता कार्यकर्ताले भरिएका छन् । ‘‘धेरै लामो समयपछि यसरी होटल भरिभराउ भएको हो ।’’ उनले भने–‘‘ठाउँ नभएर फर्कने त कति हो कति ।’’
एमाले अध्यक्ष खनाल र मधेशवादी दलका ३ अध्यक्ष सहित २ सय ५५ जना उम्मेद्वार समर्थित नेता कार्यकर्ताहरु होटलमा बसेका छन भने् नअटेका मतगणना स्थलमा पाल टाँगेर एवं सडक पेटिमै बसेका छन् । उनीहरु मतगणना स्थलबाट कोही बाहिरिने वितिकै पछिल्लो मत परिणामबारे उत्सुक हुन्छन् र बाहिरिने व्यक्तिलाई घेरि हाल्छन् । थप नयाँ परिणाम आउने वितिकै पार्टीका गाउँ स्थित कार्यकर्ता अनि बाहिरी जिल्लामा आफू समर्थक नेता कार्यकर्तालाई सुनाउने हतारोमा हुन्छन्् उनीहरु ।
मतगणनाको प्रारम्भिक चरण नै रहेको अवस्थामा कतिपय ‘होटल’ कार्यकर्ताहरु भने मतपेटिका भित्रै पसे जसरी आÇनो उम्मेद्वारले जित्ने ठोकूवा समेत गरिरहेका भेटिन्छन् । जुन् ठोकूवा प्रतिस्पर्धिहरु भन्दा निकै पछि परिरहेका अर्थात ३ हजार मतपत्र गणना गरिसक्दा पनि ५ भोट आउने दल तथा स्वतन्त्र उम्मेद्वार समर्थित कार्यकर्ताहरुको पनि हुने गरेको छ ।
No comments:
Post a Comment