Saturday, November 16, 2013

मधेशबादी दललाई उपेक्षा गरेको आरोप

मधेशबादी दललाई उपेक्षा गरेको आरोप
सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर ०१ । राजधानीका संचार माध्यमहरुले मधेशबादी दलको अवस्था मधेशमा कमजोर भएको भनि गरेको भ्रामक प्रचार निराधार रहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।
शनिवार विहान संचारकर्मीसंगको कुराकानीमा काठमाण्डौमा बसेर मधेशको आंकलन गर्ने पत्रकारहरुले मधेश बिरोधी समाचार लेखेर भेदभावपूर्ण व्यवहार गरेको उनले गुनासो गरे ।  मधेशमा फेरी पनि मधेशबादी दलकै बोलबाला रहने उनको तर्क छ । काँग्रेस सभापति सुशिल कोइराला तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल मधेशबाट हारेर गएको इतिहास अझ ताजा नै रहेकोले मधेशमा माओवादी, काँग्रेस तथा एमालेका कुनै प्रभाव नरहेको उनले दाबी गरे ।
अध्यक्ष महतोले मधेशका हितका लागि मधेशबादी दलले नै संविधान सभामा अवाज उठाउने भएकोले मधेशबादी दललाई नै आफ्नो मत दिनका लागि आग्रह गरे ।
मधेशमा अहिले चुनावको लहर चलेकोले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने दाबी गरे ।  मधेशका जनतालाई निरधक्क भएर चुनावमा सहभागि हुनका लागि पनि आग्रह गर्दै सुरक्षा अवस्था चुस्त भएकोले नडराइकन निर्वाचनमा भाग लिनका लागि सदभावना अध्यक्ष महतोले अनुरोध गरे ।

No comments:

Post a Comment