Friday, November 15, 2013

भट्टराईले उम्मेद्वारी त्यागे

भट्टराईले उम्मेद्वारी त्यागे
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २९ । जिल्ला स्थित क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेद्वारी दिएका नवराज भट्टराईले आगामी संविधान सभाको निर्वाचन वहिष्कार गरेको बताएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले निर्वाचन आयोगले तोकेको आचारसंहिताको उल्लंघन गर्ने, वर्गीय भन्दा पनि जातिय नारा दिएर प्रचार प्रसार गर्ने विभिन्न अन्य उम्मेद्वार एवं दलहरुको क्रियाक्लापका कारण आफूले उम्मेद्वारी त्यागेको र आगामी निर्वाचन वहिष्कार समेत गरेको उल्लेख गरेका छन् । नीति र सिद्धान्त अनि विचारका आधारमा भन्दा पनि उम्मेद्वारहरुबाट रकमको चलखेल अनि धाक धम्कि दिनेजस्ता क्रियाक्लापहरु बढ्दै गएको भट्टराईले दावी गरेका छन् ।
राष्ट्रियता र संविधानका विषयहरु गौण हुदै गएको तथा संविधान निर्माण गर्ने निर्वाचनमा नै रक्तपातपूर्ण अवस्था निम्तिन खोजेको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सरकार र मुख्य राजनैतिक दलका नेताले निर्वाचनको विरोध गरिरहेका शक्तिशालि दलहरुलाई वार्ता गरेर निकास दिन नसकेकाले निर्वाचन स्वच्छ र भयरहित एवं निश्पक्ष हुनेमा समेत शंका व्यक्त गरेका छन् । आगामी निर्वाचन वहिष्कार गरेको भएपनि आफूले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता अनुसार भावि दिनमा क्षेत्र नं. २ मा कामहरु गर्ने भट्टराईको दावी छ ।

No comments:

Post a Comment