सर्लाही समाचादाता
मलंगवा, मङ्सिर ०१ । जिल्लाको दुइ छुट्टा–छट्टै स्थानमा शनिबार भएको आगोलागिबाट लाखौं रुपैया बरबरको धनमाल क्षति भएको छ ।
भेल्ही र लक्ष्मीपुर कोद्राहमा भएको आगलागीबाट ३ लाख रुपैयाँभन्दा बढी क्षती भएको छ । लामखुट्टे भगाउन बालिएको घुरबाट स्थानीय हृदय रायको गोठमा आगालागी हुँदा रायको गोठमा राखिएको सम्पुर्ण अन्नपातका साथै एउटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ । त्यस्तैगरी सोही आगोबाट छिमेकी रामदेव रायको मिलमा आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षती भएको छ । रायको मिल पुर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगलागी स्थानीय र प्रहरीको प्रयासमा १ घण्टामा नियन्त्रणमा आएको थियो । यसैबिच लक्ष्मीपुर कोद्राह ४ मा विद्युत सर्ट भएर आगलागी हुँदा २ घरमा क्षती पुगेको छ । विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय कुरमान मन्सुरको परालको टाल जलेर नष्ट भएको छ भने स्थानीय परिचय खुल्न नसको दुई व्यक्तिको घरमा क्षती पुगेको हो । आगालागी स्थानीय व्यक्तीको सहयोगमा प्रहरीले नियन्त्रण लिईएको बताइएको छ ।
No comments:
Post a Comment