निर्वाचन अघि मदिरा निषेध
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २७ । संविधान सभा निर्वाचनका समयमा मदिरा विक्री, वितरण गर्न स्थानिय प्रशासनले रोक लगाउने भएको छ ।
निर्वाचनका समयमा मदिरा प्रयोगले शान्ति सुरक्षामा असर पर्नुका साथै मतदाता समेत प्रभावित हुनसक्ने हुँदा मदिरा ओसारपोसार एवं विक्री वितरणमा रोक लगाइने स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले निर्वाचन आचारसंहिता शुरु भएको समयदेखि (कात्तिक–४ गते) साँझ आठबजेपछि मदिरा विक्री वितरणमा रोक लगाइएको उल्लेख गर्दै मंसिर–१ देखि ४ गतेसम्म जिल्लाभरी मदिरा ओसारपोसार एवं विक्री वितरणमा पूर्ण रुपले रोक लगाइने बताए ।
मदिराका कारण झडप हुनुका साथै गलत प्रवृतीका उम्मेद्वारहरुले मदिरा मार्फत मत किन्ने आशंकामा मदिरा निषेध गरिने प्रशासन श्रोतले जनाएको छ ।
No comments:
Post a Comment