परिचय–पत्र १ गतेबाट
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २८ । आसन्न संविधानसभाको दोश्रो निर्वाचनका लागि मंसिर १ गतेबाट मतदातालाइ परिचय पत्र वितरण गरिने भएको छ । जिल्लामा रहेका तीनलाख बिसहजार ६ सय ४९ जना मतदतालाइ ताकिएको पाँचसय पाँचवटा मतदान केन्द्र बाट परिचय पत्र उपलब्ध गराइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।
अधिकारीका अनुसार आएका परिचय–पत्र सम्बन्धित मतदान केन्द्रबाट आगामी मंसिर ३ गते भित्र वितरण हुने गरी तयारी सुरु गरिएको छ । ‘‘मतदान अधिकृतहरुलाई जिम्मा लगाएर मतदान केन्द्रमा पठाउँदै छौं । प्रमुख अधिकारीले भने–‘‘मतदातालाई आफूले भोट हाल्ने मतदान केन्द्रमै परिचय प्रत्र पाउने गरी व्यवस्था मिलाइएको छ ।’’ निर्वाचन आयोगले कतिपय जिल्लामा भने फोटो सहितको परिचय पत्र पठाउन नसकिने भएकाले नागरिकता प्रमाण पत्र सहित सरकारी परिचय पत्रबाटै मतदान गर्न पाउने बताउँदै आएको छ ।
प्रमुख अधिकारीले मतदान अधिकृत एवं सहायक मतदान अधिकृत सहितका कर्मचारीलाई यथाशिघ्र आ–आÇनो नियुक्ति पत्र लिएर कार्यक्षेत्रमा खटिन आग्रह समेत गरे ।
No comments:
Post a Comment