तमलोपाद्वारा अनसन र धर्ना
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ६ । मतगणना सुरु भएपनि क्षेत्र नं. ६ मा धा“धली भएको भन्दै असन्तुष्ट दलले बिहिवारबाट जिल्ला विकास समिति प्रांगणमा धर्ना र रिले अनसन जारी राखेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय प्रतिनिधि एवं समानुपातिक उमेदवार केदारनन्दन सिंहको नेतृत्वमा मतगणना स्थल जिविस कार्यालय नजिक धर्ना र रिले अनसन भएको हो । का“ग्रेसले धा“धली गरेको भन्दै तमलोपा, तमसपा, सद्भावना, एमाले, राप्रपा नेपाल लगायतका दलले गत मंगलवार राती नै चार स्थानका मदतान रद्द गर्न उजुरी दिएका थिए ।
निर्वाचन आयोगले मतदान रद्द नहुने निर्णय गरेपछि बुधबार राती नै मतगणनाको प्रक्रिया सुरु गरिएको थियो । विहिबार बिहान मात्र मतगणनामा सहभागी हुन प्रतिस्पर्धि उमेदवार तयार भएपछि मध्यान्ह देखि गणना थालिएको हो ।
क्षेत्र ६ का सम्पूर्ण मतदान रद्द हुनुपर्ने माग सहित धर्ना र रिले अनसनमा बसेको चौधरीले वताए । तमसपा, एमाले, राप्रपा नेपाल लगायतका पार्टी भने मतगणनामा सहभागी भएका छन् । धर्ना कार्यक्रम का“ग्रेस वाहेक सबै दलको भएको चौधरीले जनाए ।
No comments:
Post a Comment