धाँधली भएको सद्भावना पार्टीको आरोप
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गत मंगलबार सम्पन्न संविधान सभा निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।
मतगणना सम्पन्न हुने वेलामा सद्भावना अध्यक्ष महतोद्वारा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विशेष दल र उमेदवारलाई जिताउने गरि संबिधान सभा निर्वाचनमा प्रशासनले देशैभरी धाँधली गरेको आरोप लगाए । ‘‘मतदान स्थलबाट मतपेटिका गणना स्थलमा ल्योन प्रकृया नै शंकास्पद् देखिएको, गणनाको क्रममा मतपेटिकाको शिलबन्दी नै तोडिएको, मतदान अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिएको, मतदान भन्दा कम वा बढी मतपत्र
भेटिएको छ ।’’ अध्यक्ष महतोले भने–‘‘त्यस्ता गलत प्रकृयाको विरोध गर्दागर्दै पनि मतगणना जारी राखि
सुनियोजित रुपमा कुनै खास दल र उम्मेद्वारलाई विजयी गराउन प्रशासनको प्रत्यक्ष संलग्नता पाईएको देखिएकोछ, त्यसप्रति हाम्रो घोर भत्र्सना छ ।’’
विशेष दल र उमेदवारलाई जिताउने गरि संबिधान सभा निर्वाचनमा प्रशासनले देशैभरी धाँधली गरेको चुनाव परिणाम सार्वजनिक हुंदै जाँदा सद्भावना कमजोर देखिएसँगै महतोले शुक्रवार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरि धाँधलीको कुरा उठाएका हुन् । ‘‘संघियता विरोधी भनेर ‘लाइसेन्स’ पाएका कांग्रेस र एमालेलाई परिवर्तन पक्षधर जनताले मत दिए भनेर पत्याउने आधार छैन ।’’ उनले भने–‘‘हरेक जिल्लावाट धाँधली भएको गुनासो आएको छ । परिवर्तन बिरोधीले जित्नुले त्यो प्रमाणित हुन्छ ।’’
महतोले चुनाव लडेको ४ नम्बर क्षेत्रमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादव २ हजार मत सहित अग्रस्थानमा छन् । उनले आफ्नो क्षेत्रमा पछाडी परेपनि निर्वाचनका सम्बन्धमा कुनै गुनासो नरहेको वताए ।
‘‘हारेपछि बिरोध गर्ने चलनको निरन्तरता होइन ।’’ सद्भावना अध्यक्ष महतोले भने–‘‘धाँधली भएको बिश्वास गर्ने पर्याप्त आधार छ ।’’ धाँधली गर्ने दलको नाम नखुलाएपनि उनले चुनाववाट सबै भन्दा बढी फाइदा पाएकाले गरेको भन्दै काँग्रेस र एमालेलाई लक्षित गरे ।
‘‘नतिजा हेर्दा केही पार्टीले भागबण्डा गरेर धाँधली गरेको देखिन्छ ।’’ उनले भने–‘‘धाँधलीमा प्रशासनको भुमिका छ ।’’ अन्य दलले जस्तो उनले धाँधलीमा बिदेशी हस्तक्षेपको आरोप भने लगाएनन् । धाँधली गरेर अन्य दलहरुले सदन कब्जा गरेपनि सड्क जनताकै कब्जामा रहने उनले वताए ।
मधेशवादी दल फुटेर कमजोर हुँदा परिणाम पनि त्यस्तै आएको भन्नु मधेशवाद माथिको आक्रमण भएको उल्लेख गर्दै अध्यक्ष महतोले मधेशवादी दलहरुमाथि निरन्तर आक्रमण गरी मधेशवाद ध्वस्त बनाउने षडयन्त्र भईरहेको बताए ।
निकट भविष्यमै पार्टीको केन्द्रीय समितिको बैठकले ठोस निर्णय गरेर आन्दोलनको स्वरुप तयार गर्ने अध्यक्ष महतोले बताए ।
त्यसैगरि आठ बुंदे असन्तुष्टी जनाउँदै शुक्रवार ३ नम्बर क्षेत्रका स्वतन्त्र सहित १० उमेदवारले मतगणना बहिष्कार गरेका छन् । मतपेटीका सुरक्षामा पार्टी प्रतिनिधिलाई बस्न नदिएको, गणना गर्ने बेलामा मात्र अर्काे कोठावाट मतपत्र ल्याएको, मत खसेको मुचुल्का नदेखाएको, अधिकांस मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको, मतपत्रमा लाहाछाप नलगाएको लगायतका कारण धाूधली भएको उनीहरुले जनाएका छन् । दुई दिन सम्म मतगणनामा सहभागी दल अचानक बाहिरीएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका उमेदवार रामवाबु राय यादवले मतदान लगत्तै देशभरी एमाले र काँग्रेसलाई जिताउने उदेश्यले बिदेशी इशारामा धाँधली भएको आरोप लगाए । फोरम लोकतान्त्रिकका उमेदवार रामवली राय, फोरम नेपालका अशोक सिंह लगायतका उमदेवारले धाँधलीपूर्ण निर्वाचनको मतगणना बहिष्कार गर्ने वताए ।
No comments:
Post a Comment