Tuesday, November 26, 2013

मतगणनाको प्रारम्भिक नतिजा

मतगणनाको प्रारम्भिक नतिजा
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ५ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत जिल्ला स्थित ५ वटा क्षेत्रको मतगणना कार्य बुधबार रातीदेखि सुरु भएको छ ।
राती पौने २ बजेसम्म क्षेत्र नं. १ मा तराई मधेश सद्भावना पार्टी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहले ४ सय ७४, नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले २ सय ६६, एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठले १ सय ७२ र नेपाली कांग्रेसकी शुशिला कार्कीले ५५ मत प्राप्त गरेका छन्् । त्यस्तै क्षेत्र नं. ३ मा नेकपा एमालेका हरि उप्रेतीले ५ सय १२, एकिकृत नेकपा माओवादीका भरत थापाले ४ सय ९८ र तराई मधेश लोकतान्त्रिक पार्टीका रामबाबु रायले २ सय १० मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं. ४ मा तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले ४ सय ८, नेकपा एमालेका राजनारायण साहले ३ सय ९३ र सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले २ सय ९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं. ५ मा मधेशी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष अशोक कुमार यादवले २ सय ७९, सद्भावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहले १ सय ८३, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल रायले १ सय ३९ र मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का राष्ट्रिय उपाध्यक्ष रामेश्वर राय यादवले १ सय ३७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. २ को भने मुचुल्का प्रतिवेदन सम्बन्धि विवादका कारण ढिला गरी मतगणना सुृरु भएकाले राती पौने २ बजेसम्म पनि कुनै परिणाम बाहिर आएको छैन । त्यस्तै क्षेत्र नं. ६ को भने विहिबार विहान १० बजेपछि मात्र मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment