उम्मेद्वारहरुको घरदैलो अभियान जारी
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २७ । निर्वाचन समय नजिकिदै जाँदा प्रत्यक्षतर्फबाट उम्मेद्वारी दिएका विभिन्न राजनैतिक दलका उम्मेद्वारहरुको बुधबार पनि घरदैलो अभियान जारी रहेको छ ।
आफ्नो पक्षमा मत माग्दै उम्मेद्वारहरु समर्थकको भिडसँगै निर्वाचन क्षेत्रमा घरदैलो जारी राखेका बताइएको छ ।
बुधबार क्षेत्र नं. १ का एमाले उम्मेद्वार राष्ट्रिय अध्यक्ष झलनाथ खनालले जब्दी गाविसमा तथा एनेकपा माओवादीका शम्भु श्रेष्ठले बाजा र झाँकी सहित लालबन्दीमा घरदैलो कार्यक्रम गरेका छन् । त्यस्तै सोसल रिपब्लिकन पार्टी क्षेत्र नं. १ का उम्मेद्वार सुनिल साहले लालबन्दीमा तथा राप्रपा नेपाल क्षेत्र नं. १ मा राष्ट्रिय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा ईश्वरपुरमा आमसभा गरी उम्मेद्वार नारायण श्रेष्ठलाई मत मागेका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ का कांग्रेस उम्मेद्वार रामचन्द्र चौधरीले हरिवनमा, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका इन्द्रदेव कुशवाहाले नेत्रगंज, सद्भावना पार्टीका अफजल हुसैनले जानकीनगर, एमाओवादीका राजकुमार राय यादवले हरिवन, चुरेभावर राष्ट्रिय एकता पार्टीका बद्री न्यौपानेले सासापुर, चुरेभावर एकता पार्टीका बाशुदेव निरौलाले हरिवन, राष्ट्रिय जनमोर्चा (चित्र बहादुर) का निष्णु थिङले घुर्कौली गाविसमा घरदैलो कार्यक्रम गरेका थिए ।
त्यस्तैगरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले केन्द्रिय सदस्य घनराज गुरुङको प्रमुख आतित्थतामा बरहथवामा आमसभा गरी मिना पाण्डेको पक्षमा मत मागेका थिए भने, क्षेत्र नं. ३ का एमाओवादी उम्मेद्वार भरत थापाले मुर्तियामा घरदैलो गरेका थिए ।
त्यस्तैगरी क्षेत्र नं. ३ का एमाले उम्मेद्वार हरि उप्रेतीले बरहथवामा घरदैलो कार्यक्रम गरेका थिए भने क्षेत्र नं. ४ का सद्भावना राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मलंगवा नगरपालिकामा घरदैलो कार्यक्रम गरी आफ्नो पक्षमा मत मागेका थिए । त्यसैगरी अन्य राजनैतिक दलले क्षेत्र नं. ४ लगायत ५ र ६ मा आ–आफ्नो क्षेत्रमा तिब्र रुपमा घरदैलो कार्यक्रम गरी मत मागेका बताइएको छ ।
No comments:
Post a Comment