Tuesday, November 26, 2013

धनकौलमा गोली चल्यो, ७ घाईते

धनकौलमा गोली चल्यो, ७ घाईते
सर्लाही समाचारदाता
धनकौल (प.), मङ्सिर ४ । संविधान सभा निर्वाचन अन्तर्गत मंगलबार मतदानको दिन सर्लाही क्षेत्र नम्बर ६ को धनकौल          (पश्चिम) गाविसमा गोली चल्दा ७ जना घाईते भएका छन् ।
धनकौल (पश्चिम) गाविस–३ स्थित पशुसेवा कार्यालय बुथ नजिक अपरान्ह गोली प्रहार एवं कुटपीटबाट ७ जना घाईते भएका हुन् । मतदानका लागि बुथतर्फ जाँदै गरेका ७ जना कुटपिट र गोलीको छर्रा लागेर घाइते भएका छन । घाइते हुनेमा धनकौल प. गाविस वडा नं. २ का रामनिधि राय, वडा नं. ३ का शुभनारायण साह र वडा नं. १ का मेघु राय, उपेन्द्र राय, भिखारी राय, उमेद राय एवं लालबाबु यादव रहेका छन ।
साह र उपेन्द्रलाई बाँसको भाटाले हानेर तथा अन्यलाई गोलीको छर्रा लागको छ । प्रहरीका अनुसार वुथ भन्दा डेढ किलोमिटर टाढा दुईपक्षबिच हानाहान भएको हो । घाईते मध्ये रामनिधि र शुभनारायणलाई थप उपचारको लागि बाहिर पठाईएको छ भने अन्यको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेमा तमलोपा र तमसपा नेपालका कार्यकर्ता रहेका छन् ।
धनकौलका वेनी साहले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले गोली प्रहार सहित आक्रमण गरेको दावी गरे । यसको स्वतन्त्र रुपले पुष्टी हुन सकेको छैन । उनीहरुले उक्त बुथमा नेपाली कांग्रेसले ‘क्याप्चर’ समेत गरेको दावी गरेका छन् । घाईतेहरुले आफूहरुलाई भोट हाल्न जाने क्रममा कुटपीट भएको बताएका छन् ।

No comments:

Post a Comment