सर्लाहीमा पनि समानुपातिकमा गाईलाई बढी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ११ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीमा पनि समानुपातिकतर्फ राप्रपा नेपालले प्रत्यक्षको तुलनामा बढी मत पाएको भेटिएको छ । मंगलबार रातीसम्म क्षेत्र नं. १ मा ६२ वटा मतपेटिकाको ३३ हजार ८ सय ३ मत गणना गरिएको छ । बाँकी १६ वटा मतपेटिकाको मतपत्र भने बुधबारसम्म गणना गरी सकिने निर्वाचन अधिकृत विदुर काÇलेले बताए । जारी मतगणना अनुसार एकिकृत नेकपा माओवादी ५ हजार ५ सय ८२, नेकपा एमाले ५ हजार ६ सय ४८, राप्रपा नेपालले ३ हजार ९ सय ३७ मत पाएको छ । राप्रपा नेपालका प्रत्यक्षतर्फका उम्मेद्वार नारायण श्रेष्ठले उक्त क्षेत्रमा २ हजार ७ सय २९ मत मात्र पाएका थिए । अझै मतगणना गर्न बाँकी रहेकाले राप्रपा नेपालको मत बढ्ने देखिएको छ ।
त्यस्तै क्षेत्र नं. १ मा नेपाली कांग्रेसले ३ हजार ५ सय ८, तराई मधेश सद्भावना पार्टी नेपाल २ हजार ८ सय ५६, सद्भावना १ हजार ३ सय ५७, मधेशी जन अधिकार फोरम लोकतान्त्रिक १ हजार ७९, तराई मधेश लोकतान्त्रिक पार्टीले १ हजार ५५ मत पाएका छन् । समानुपातिकमा सहभागि सबै १ सय २२ वटै दलको चुनाव चिन्हमा मत परेको निर्वाचन अधिकृत काÇलेले बताए । प्रत्यक्षतर्फ जितेको एमाओवादीले नै हालसम्म क्षेत्र १ मा समानुपातिक मत बढी पाएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा पनि जारी मतगणनामा पछिल्लो परिणाम अनुसार राप्रपा नेपालले प्रत्यक्षको तुलनामा समानुपातिकमा तीन गुना बढी मत पाईसकेको छ । प्रत्यक्ष उम्मेद्वार ध्रुव बुढाथोकीले ७ सय ५८ मत पाएकामा समानुपातिक तर्फ राप्रपा नेपालले २ हजार २ सय २० मत पाईसकेको छ । ८८ वटा मतपेटिका मध्ये ५३ वटाको गणना हुँदा गाईमा यती मत परेको हो । बाँकी ३३ वटा मतपेटिकाबाट अझै गाईमा मत बढ्ने निश्चित छ ।
उक्त क्षेत्रमा हालसम्म सबैभन्दा बढी नेकपा एमाले ३ हजार १ सय २६, एकिकृत नेकपा माओवादी ३ हजार १४, नेपाली कांग्रेस २ हजार ७ सय ४५, तराई मधेश लोकतान्त्रिक पार्टी २ हजार ६ सय ५५, सद्भावना १ हजार ७ सय ७०, मधेशी जन अधिकार फोरम नेपाल १ हजार ५ सय २४, राप्रपा १ हजार ४ सय ८२, संघीय समाजवादी पार्टीले १ हजार १ सय ५४ मत पाएका छन् । प्रत्यक्षमा जितेको कांग्रेस समानुपातिकतर्फ भने उक्त क्षेत्रमा हालसम्म तेस्रो स्थानमा रहेको छ । निर्वाचन अधिकृत लालकाजी श्रेष्ठका अनुसार २६ हजार ६ सय ८० मत गणना हुँदा १ सय २२ वटै दललाई मत परेपनि ४५ वटा दलले भने १० भन्दा कम मत पाएका छन् ।
त्यस्तै क्षेत्र नं. ३ मा गणना भएको ३२ हजार ४ सय ७२ मत मध्ये सबैभन्दा बढी नेकपा एमालेले ५ हजार ५ सय २२, एकिकृत नेकपा माओवादीले ४ हजार ७ सय ७६, नेपाली कांग्रेसले ३ हजार ७ सय ४६, फोरम नेपालले २ हजार ४ सय ७९ मत ल्याएका छन् । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको फोरम नेपाल हालसम्मको गणनामा समानुपातिकतर्फ भने चौथो स्थानमा रहेको छ । नेपाली कांग्रेसलाई उसको प्रत्यक्ष उम्मेद्वार मिना पाण्डेलाई भन्दा समानुपातिकमा बढी मत पर्ने देखिएको छ । मुख्य मत पाएका दलहरुको मात्र आफूसँग टिपोट रहेको र विस्तृतमा भने गणना सम्पन्न भईसकेपछि मात्र बताउन सकिने उक्त क्षेत्रका निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ६० वटा मतपेटिकाको गणनामा १ सय १४ वटा दलले मात्र मत पाएको भेटिएको र अझै २४ वटा मतपेटिकाको गणना बाँकी रहेको छ ।
त्यस्तै क्षेत्र नं. ४ को मतगणनाको परिणाम भने थाहा हुन सकेन । राती अवेरसम्म भएको मतगणनाको परिणाम समेट्नका लागि फोन सम्पर्कबाट परिणाम लिन गरेको अथक प्रयास सफल हुन सकेन । मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले प्रत्यक्षतर्फका विजेता दलले नै बढी मत ल्याएको भेटिएको र क्रमशः प्रत्यक्षमै दोस्रो, तेस्रो हुने दललाई बढी मत परेको भेटिएको बताए ।
त्यसैगरी क्षेत्र नं. ५ का निर्वाचन अधिकृत शंकर बरालका अनुसार ६० वटा मतपेटिकाको ३० हजार भन्दा बढी मतगणना अनुसार तराई मधेश लोकतान्त्रिक पार्टीले ५ हजार १ सय १५, मधेशी जन अधिकार फोरम लोकतान्त्रिक ४ हजार ४ सय ७२, सद्भावना ३ हजार ५ सय ६९, नेपाली कांग्रेस ३ हजार २१, फोरम नेपाल २ हजार ६ सय ७२, तमसपा नेपाल २ हजार २ सय ९५, राप्रपा नेपाल ८ सय ४५, एमाओवादीलाई ६ सय ८७ लगायत मत परेको छ । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिकलाई हालसम्मको गणनामा समानुपातिकमा दोस्रो बढी मत परेको छ भने प्रत्यक्षमा पाँचौ स्थानमा रहेको नेपाली कांग्रेस चौथो स्थानमा उक्लेको छ । प्रत्यक्षतर्फका उम्मेद्वार विन्ती प्रसाद चौधरीले ५ सय ५० मत मात्र पाएको राप्रपा नेपालले जारी गणनामै ८ सय ४५ पु¥याईसकेकाले समानुपातिकमा भने दोब्बर भन्दा बढी मत पाउने देखिएको छ । समानुपातिकमा सहभागि सबै १ सय २२ वटै दललाई मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबार साँझसम्म मतगणना सकिने निर्वाचन अधिकृतको कार्यालयले बतायो ।
त्यसैगरी क्षेत्र नं. ६ मा ६३ वटा मतपेटिकाको गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत जिविसका कार्यक्रम अधिकृत पुष्करमणी घिमिरेले बताए । बाँकी २० वटा मतपेटिकाको मतगणना भोली सकिने उनले बताए । तथ्यांकहरु कार्यालयमै रहेकाले आÇनो साथमा नभएको उल्लेख गर्दै घिमिरेले प्रत्यक्षतर्फ बढी मत ल्याएर जित्ने दल तथा दोस्रो, तेस्रो हुने दलहरुले नै बढी मत पाएको बताए । उनले नेपाली कांग्रेस, तमलोपा, तमसपा नेपाल लगायतले ५–५ हजार भन्दा बढी मत ल्याईसकेका छन् । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको तमलोपा समानुपातिकतर्फ भने हालसम्मको गणनामा दोस्रो स्थानमा रहेको बताईएको छ ।
दिनभर मतगणना गरिने र राती स्थगित गर्ने गरेकाले समानुपातिकको मतगणनामा केही ढिलाई भएको छ । ‘‘कर्मचारीहरु दिनरात गणनामा सहभागि हुनुपर्दा साह्रै गाह्रो भयो ।’’ क्षेत्र नं. १ का निर्वाचन अधिकृत विदुर काÇलेले भने–‘‘त्यसैले राजनैतिक दलका प्रतिनिधिको सहमतिमा दिउँसो गन्ने र राती स्थगित गर्ने गरिएको छ ।’’ प्रत्यक्षतर्फको मतगणनाको तुलनामा समानुपातिकमा भने राजनैतिक दलका प्रतिनिधिहरुले त्यति साह्रो विवाद नझिक्ने गरेको एक कर्मचारीले बताए ।
No comments:
Post a Comment