Wednesday, November 13, 2013

तेश्रो दिनपनि यातायात ठप्प

तेश्रो दिनपनि यातायात ठप्प
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २७ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले आव्हान गरेको चक्काजामका कारण बुधबार तेस्रो दिनपनि सर्लाहीको जनजिवन प्रभावित भएको छ ।
बन्दका कारण पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सार्वजनिक यातायात दिनभर ठप्प रहेको थियो । विभिन्न राजनैतिक दलका निर्वाचन प्रचारप्रसारका जीप लगायत चारपाङग्रे सवारी साधनहरु निर्वाध चलेका थिए भने मोटरसाईकलहरु गुडेका थिए । अपरान्ह केहिबेर पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा म्याजिक, टेम्पो लगायत केही सार्वजनिक सवारी साधन चलेपनि यात्रु अभाव भएपछि ती समेत केही बेरमै थन्किएको ट्राफिक प्रहरीले जनाएको छ ।
नवलपुर–मलंगवा, नयाँरोड–बरहथवा, पूmलजोर–इश्वरपुर लगायत पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी क्षेत्र जाने मुख्य सडकहरुमा समेत पार्टीका प्रचार प्रसार सवारी साधन र मोटरसाईकल बाहेक कुनै पनि सवारी साधन चलेका थिएनन् । सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम गराउन सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राहीहरु एवं कार्यालयमा काम गर्न जाने कर्मचारीहरु मर्कामा परेका थिए ।
सुरक्षाकर्मीको स्कर्टिङमा पूर्वपश्चिम राजमार्गमा भने केही लामो दुरीका सवारी साधनहरु चलेका थिए ।

No comments:

Post a Comment