Sunday, November 17, 2013

लालबन्दीमा जेब्रा क्रसिङ

लालबन्दीमा जेब्रा क्रसिङ
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर ०२ । सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले  लालबन्दीको चार स्थानमा जेब्रा क्रसिङको सङ्केत निमार्ण गरिएको छ । अतिव्यस्त सडक एवं बढ्दो सवारी चापमा सडक दुर्घटनामा न्युनिकरण गर्ने उद्देश्यका साथ जेब्रा क्रसिङको सङ्केत निमार्ण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ग्रामीणक्षेत्रका सर्वसाधरणलाई ट्राफिक नियमको बारेमा ज्ञान नहुँदा सडक दुर्घटना बढ्दै गएपछि जेब्रा क्रसिङ् संकेत निमार्ण गरिएको हो ।
ग्रामीणक्षेत्रबाट आउने मुख्य  चोकमा जेब्रा क्रसिङ् संकेत निमार्ण गरिएको छ । लालबन्दीकोे जनवादी चोक, मरिण जाने बाटो, पत्थरकोट जाने बाटो र बस्तिपुर  चोकमा सडक काट्ने तरिकाको बारेमा जानकारी गराउने उदेश्यले यस्तो सङ्केत निमार्ण गरिएको बताइएको छ । जिब्रा सङ्केत निमार्ण गर्न लालबन्दीमा रहेका विभिन्न हार्डवेयर पसलले दुई÷दुई किलोका दरले जेब्रा क्रसिङ् संकेत निमार्ण गर्न रङ् र स्थानिय समाजसेवीहरुले ब्रस तथा ज्यालाबापतको रकम उपलब्ध गराएका थिए ।

No comments:

Post a Comment