राजेन्द्र र महेन्द्रले मतदान गरे
सर्लाही समाचारदाता
मलंगवा, मंसिर ४ । सर्लाही निवासी ३ मधेशवादी दलका राष्ट्रिय अध्यक्ष मध्ये दुईजनाले सर्लाहीबाट मतदान गरेका छन् भने एकजनाले गरेनन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाहीको बबरगंज गाविस–८ श्री दुर्गा खोभारी जनता उमावि मतदान केन्द्रमा मतदान गरेका छन् । क्षेत्र नं. ४ अन्तर्गत पर्ने बबरगंज उनको आÇनै गाउँ हो । विहान साँढे ७ बजे महतोले नै उक्त मतदान केन्द्रबाट मतदान कार्यको शुभारम्भ गरेका थिए । उनी क्षेत्र नं. ४ कै उम्मेद्वार हुन् ।
त्यस्तै तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले सर्लाहीको बसन्तपुर गाविस–५ स्थित रामजानकी मठ मतदान केन्द्र ख बाट मतदान गरेका छन् । बसन्तपुर क्षेत्र नं. १ अन्तर्गतको गाउँ हो । तमसपा यादव भने क्षेत्र नं. ४ का उम्मेद्वार हुन् । उनले साँढे ११ बजे मतदान गरे । त्यस्तै क्षेत्र नं. २ का चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रि न्यौपानेले अत्रौलीबाट मतदान गरे ।
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने मतदान गरेनन् । ६ नं. क्षेत्रका उम्मेद्वार रहेका उनको नाम भने क्षेत्र नं. ४ अन्तर्गत सदरमुकाम मलंगवा स्थित वडा नं. ८ मा रहेको थियो । क्षेत्रमै घुम्नु परेका कारण अध्यक्ष ठाकुरले मतदान गर्न नभ्याएको उनका प्रतिनिधि केदारनन्दन् चौधरीले बताए ।
No comments:
Post a Comment