Friday, November 15, 2013

सेनाद्वारा स्वास्थ्य शिविर सम्पन्न

सेनाद्वारा स्वास्थ्य शिविर सम्पन्न
सर्लाही समाचारदाता
गोडैता, कात्तिक २९ । नेपाली सेनाको नवलपुर स्थित रिपुमर्दन गणले गोडैतामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
विहिबार साँझ अबेर सम्पन्न शिविरमा तीनसय ७७ जना सर्वसाधारण लाभान्वित भएको गणपति मनोज बैदवारले बताए । जसमा पुरुष एकसय ७०, महिला एकसय ७७ र बालबालिका ३० जना रहेका छन् । शिविरमा सेनाकै चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण एवं निःशुल्क औषधीहरु समेत वितरण गरिएको गणपति बैदवारले बताए । सर्वसाधारणलाई राहत पुग्ने खालका यस्ता स्वास्थ्य शिविरहरु भविष्यमा पनि निरन्तर सञ्चालन गरिने सेनाले जनाएको छ ।

No comments:

Post a Comment