सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ४ । संविधान सभाको निर्वाचन अन्तर्गत मंगलबार भएको मतदानको बुधबार विहानबाट गणना सुरु गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश कृष्ण कमल अधिकारीले बुधबार विहान १० बजेबाट सबै क्षेत्रको मतगणना कार्य सुरु हुने बताए । “आज रातीसम्म सबै क्षेत्रबाट मतपेटिका मलंगवा आईसक्नेछ ।” मंगलबार राती सर्लाही दैनिकसँग मुख्य निर्वाचन अधिकृत अधिकारीले भने–“भोली विहानबाट ६ वटै क्षेत्रको मतगणना कार्य सुरु हुनेछ ।”
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले राती २ बजेसम्म सबै क्षेत्रको मतपेटिका सदरमुकाम मलंगवा ल्याई सकिने बताए । राती १ बजेसम्म क्षेत्र नं. २, ४, ५ र ६ को मतपेटिका सदरमुकाम मलंगवा ल्याईसकिएको छ । “क्षेत्र नं. २, ४, ५ र ६ को मतपेटिका मलंगवा ल्याईसकियो ।” राती १ बजे सर्लाही दैनिकसँग कुरा गर्दै प्रजिअ घिमिरेले भने–“क्षेत्र नं. १ र ३ को मतपेटिका पनि राती २ बजेसम्म ल्याईसक्छौं ।”
क्षेत्र नं. १ र २ को जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्र नं. ३ र ४ को पूरानो अदालत भवन (हाल मुख्य निर्वाचन अधिकृतको कार्यालय) र क्षेत्र नं. ५ र ६ को जिल्ला विकास समितिको कार्यालयको सभाहलमा मतगणना हुने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
No comments:
Post a Comment