Tuesday, November 26, 2013

पत्थरकोटमा फुटबल, इश्वरपुरमा क्रिकेट

पत्थरकोटमा फुटबल, इश्वरपुरमा क्रिकेट
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर ९ ।  पत्थरकोट ३ मा आइतबार भएको फुटवल खेलमा पत्थरकोट युवा समाजलाई शुन्यका बिरुद्ध ३ गोल गरेर रन्जितपुर युवा क्लव बिजयी भएको छ ।
  प्राविधिक कारणबस ९० मिनेटको खेललाई ६० मिनेटमा झारिएको भएपनि निर्धारित समयमा दुवै पक्षले गोल गर्न नसकेपछि २० मिनेट समय थप गरिएको थियो । थपिएको २० मिनेट समयमा रन्जितपुर युवा क्लवका  रितु चौधरीले ३ गोल गरेका थिए ।  जलकेश्वर युवा समाज पत्थरकोटको आयोजनमा हनिबार देखी शुरु भएको प्रतियोगितामा तीन गाविसका ११ ओटा फुटवल क्लवले सहभागिता जनाएका छन् । प्रतियोगितामा  पत्थरकोट, अत्रौली र लालबन्दीका फुटवल क्लवले सहभागिता जनाएका हुन् । मंसिर १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजयीे हुने क्लवलाई मेडल, शिल्ड र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबार  लालबन्दी ५ को लाङघाली युवा क्लव र पत्थरकोट ७ हिरापुरको जनप्रिय युवा क्लव बिजयी प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
    यसैबिच सर्लाहीको ईश्वरपुर २ मा आइतबार देखी ‘फरोग ए स्लाम फाउनडेसन’को आयोजनमा ‘टि ट्वान्टी’ क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा हरिवनको पाराडाईज क्लवले १०६ रनको चुनौती दिएको परवानीपुर क्लवले ४० रन मात्र बनाएर हार बेहोर्न बाध्य भएको थियो । प्रतियोगितामा प्रथम हुने क्लवलाई ७ हजार ८६ रुपैयाँ र दोस्रो हुने क्लवलाई ३ हजार ८६ रुपैयाँको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा २० ओटा क्रिकेट क्वलले सहभागिता जनाएका आयोजक क्लवका सचिव मनान अन्सारीले जानकारी दिए ।

No comments:

Post a Comment