Sunday, November 17, 2013

सर्लाहीमा सेनाको हेलिकप्टर गस्ती

सर्लाहीमा सेनाको हेलिकप्टर गस्ती
सर्लाही समाचारदाता
नवलपुर, मङ्सिर २ । नेपाली सेनाको एक टोलीले आइतबार विहान सर्लाहीमा हेलिकप्टर गस्ती गरेको छ ।
नेपाली सेनाको मध्य पृतना हेटौडाबाट आएको टोलीले हेलिकप्टरबाटै फन्को मारेर सर्लाहीको गस्ती गरेको थियो । रिपुमर्दन गण नवलपुरका गणपति मनोज वैदवारले जिल्लाका विभिन्न स्थानमा हेलिकप्टर गस्ती भएको बताए ।
पृतनाका कर्णेल कृष्ण सापकोटाको नेतृत्वमा गस्ती भएको गणपति वैदवारले जानकारी दिए । टोलीमा सेनाका अन्य दुई अधिकृत समेत रहेका थिए भने सशस्त्र प्रहरीका मध्य क्षेत्रीय कार्यालय पथलैयाका प्रमुख नायव महानिरीक्षक महावीर गुरुङ समेत रहेका थिए । कर्णेल सापकोटा केही वर्षअघि नवलपुरमा रहेको अर्जुनवाण गणका गणपति समेत रहेका थिए । कर्णेल सापकोटाले पृतना अन्तर्गत पर्ने विभिन्न जिल्लाको हवाई गस्ती एवं केही स्थानमा स्थलगत अवलोकन समेत गरिएको बताए ।
टोलीले खैर्वा स्थित नेपाली सेनाको क्याम्पमा ओर्लेर बस्तु स्थिती समेत बुझेको थियो भने नवलपुर स्थित रिपुमर्दन गणमा समेत केही बेर रोकिएर जिल्लाको बस्तुस्थिती बुझेको थियो । धनुषा, रौतहट लगायत जिल्लामा पनि सो टोलीले हेलिकप्टर गस्ती गरेको थियो । नेपाली सेनाले मुलुकका पाँचवटै क्षेत्रमा पृतना अन्तर्गत गस्ती लगायत निर्वाचन सुरक्षा सम्बन्धी अत्यावश्यक कामका लागि १–१ वटा हेलिकप्टरको व्यवस्था गरेको छ ।

No comments:

Post a Comment