Friday, November 15, 2013

दुई अध्यक्षको भिडन्त ः ‘गर या मर’

दुई अध्यक्षको भिडन्त ः ‘गर या मर’
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक २९ । दुई मधेशवादी दलका राष्ट्रिय अध्यक्ष नै चुनावी मैदानमा उत्रिएका कारण सर्लाहीको क्षेत्र नं. ४ जिल्लामा मात्र हैन मुलुकव्यापी चर्चामा छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका कारण सो क्षेत्र बढी चर्चामा रहेको हो । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले क्षेत्र नं. १, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले क्षेत्र नं. ६ मा र चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपानेले क्षेत्र नं. २ मा उम्मेद्वारी दिएका कारण सर्लाहीले मुलुकका विभिन्न ठूला मिडियामा समेत उचित स्थान जमाईरहेको छ । त्यसमा पनि दुई मधेशवादी दलका अध्यक्ष नै आपसी प्रतिष्पर्धामा रहेका कारण क्षेत्र नं. ४ मिडिया, अन्य मधेशवादी दलका नेता कार्यकर्ता र आम सर्वसाधारणबीच चासोको विषय बनेको छ । अन्य राजनैतिक दलका उम्मेद्वारहरुले समेत चुनौती दिईरहेको उक्त क्षेत्रमा आगामी निर्वाचनमा विजयी बनेर आÇनो साख जोगाउन दुवै अध्यक्ष ‘गर या मर’ को अवस्थामा रहेका छन् । जसकारण दुवैजना चुनाव प्रचारप्रसारमा जुटिरहेका छन् र चुनाव नजिकिदोसँगै उनीहरुको सकृयताले थप रÇतार पाएको छ । (बाँकी तीन पेजमा)
क्षेत्र अन्तर्गतका सबै गाविसहरुमा घरदैलो सकेर कतिपय गाउँहरुमा त दोहो¥याई–तेहे¥याई पुगीरहेका छन्, दुवै अध्यक्षहरु । दिनभर नेता कार्यकर्तासँग गाउँ घुम्दै मतदातालाई लोभ्याउन तल्लिन उनीहरु रातभर आसेपासेसँग बसेर ‘जसरी पनि जीत हाँसिल गर्ने’ रणनीति बनाउने गरेको जानकारहरु बताउँछन् । निर्वाचन अघि दुवै अध्यक्षहरुले एकअर्काका सहित अन्य विभिन्न दलहरुबाट नेता कार्यकर्ता भित्र्याउने होडबाजी गरेका थिए । जसमा तमसपा अध्यक्ष यादव केही अगाडी देखिएका छन् । सद्भावनाकै ‘हस्ती’ हरुलाई समेत आÇनो पार्टीमा भित्र्याउन सफल भए, तमसपा अध्यक्ष यादव । त्यस्तै सद्भावना अध्यक्षले पनि अन्य विभिन्न पार्टीबाट नाम चलेका नेता कार्यकर्तालाई भित्र्याएर आफूलाई बलियै राख्ने प्रयास जारी राखेका छन् ।
दुवैबीच विभिन्न कुराहरुमा समेत समानता छ । एउटा ०६४ को निर्वाचन यता लगभग पुरै समय सत्तासिन अनि दुवैले आफू सच्चा मधेशवादी र अर्को मधेश विरोधी तथा मतदाता प्रभाव पार्न पैसाको चलखेल गराएको भनेर लगाउने आरोप ।
उक्त क्षेत्रबाट गत संविधान सभा निर्वाचन २०६४ मा मुख्य प्रतिद्वन्द्वी उम्मेद्वारको भन्दा झण्डै दोब्बर मत अर्थात १७ हजार ७३ ल्याएका थिए, सद्भावना अध्यक्ष महतोले । उनका मुख्य प्रतिद्वन्द्वी त्यसबेला तमलोपाबाट उम्मेद्वारी दिएका रामचन्द्र राय यादवले ८ हजार ७ सय ५२ मत मात्र ल्याएका थिए भने अन्यले ७ हजार भन्दा कम मत ल्याएका थिए ।
०६४ निर्वाचनका अध्यक्ष महतोका मुख्य प्रतिद्वन्द्वी रामचन्द्र राय यादवले हाल मधेशी जन अधिकार फोरम नेपालबाट उम्मेद्वारी दिएका छन् भने नेकपा एमालेका राजनारायण साह र नेपाली कांग्रेसका जिल्ला सभापति लक्ष्मण रायले पनि आÇनो उम्मेद्वारी दोहो¥याएका छन् । त्यसमाथि तमसपा नेपालका अध्यक्ष महेन्द्र राय यादव समेत यसपटकको चुनावमा सोही क्षेत्रमा होमिएपछि सद्भावना अध्यक्ष महतोलाई चुनौती थपिएको छ, सभासद्मा दोहोरिनलाई । सद्भावना अध्यक्ष महतो र तमसपा अध्यक्ष यादवको उम्मेद्वारीका कारण अन्य दलका उम्मेद्वारहरु केही ओझेलमा परेका छन्, चोक चौराहा अनि मिडियाको चर्चामा ।
तमसपा अध्यक्ष महेन्द्र राय यादवले नाम कहलिएका कार्यकर्तालाई तानेपछि र आÇनै गाउँ बबरगंजबाटै अन्य ४ जनाले उम्मेद्वारी दिएका कारण पनि सद्भावना अध्यक्ष महतोलाई आगामी निर्वाचन सहज नभएको जानकारहरु बताउँछन् । तथापी उनले आफू जित्ने दावी मात्रै गरेका छैनन्, सद्भावना पार्टीलाई मधेशकै ठूलो बनाउने उद्घोष समेत गरिसकेका छन् ।
सद्भावना अध्यक्ष महतोले २२ वर्षदेखि निरन्तर मधेश र मधेशी जनताको हक हितमा लडेको पार्टी भएकाले मधेशी जनताले आफूलाई जिताउने दावी गर्दै आएका छन् । मधेशी समुदायलाई नागरिकता दिलाउने, राज्यको निकायमा समावेशी अवसर सृजना गराउने, एकात्मक राज्यसत्ता प्रणाली तोडेर मुलुकलाई संघीयतामा लैजाने लगायत कामको नेतृत्व आफू एवं सद्भावना पार्टीले नै गरेकाले मधेशी जनताले कुनै गल्ती नगरी आफूलाई जिताउने उनको दावी छ । तमसपा अध्यक्ष यादव सहित राय यादव समूदायका तीनजना उम्मेद्वार भएकाले पनि अन्य मधेशी समुदायको मत आफुलाई नै पर्ने आशामा सद्भावना अध्यक्ष महतो निर्धक्क रहेको उनी निकट कार्यकर्ताले बताउने गरेका छन् ।
तर तमसपा नेपालका अध्यक्ष यादवले भने विगतको निर्वाचनमा जितेर गएपनि सद्भावना अध्यक्ष महतो क्षेत्रमा कम आएको, विकास निर्माणको काम नगरेको, मतदाताबाट टाढा भएको र आसेपासे बाहेक अन्य कसैलाई वास्ता नगरेको व्यापक गुनासो आएको उल्लेख गर्दै मतदाताले आफूलाई नै माया गर्ने बताउँदै आएका छन् । ०६४ अघिको निर्वाचनमा क्षेत्र नं. १ मा परेका हरिपूर्वा, संग्रामपुर लगायत गाउँहरु समेत संविधान सभा निर्वाचनमा क्षेत्र नं. ४ मा परेका कारण तमसपा अध्यक्ष यादव अझ बढी ढुक्क छन् । उक्त गाउँहरु परेको बेला क्षेत्र नं. १ बाट तमसपा यादवले संसदीय निर्वाचनमा जितेका थिए । हरिपूर्वा सदरमुकाम मलंगवा पछि दोस्रो बढी मतदाता भएको गाविस हो ।
नागरिक समाजका अगुवा उग्रकान्त झा दुई मधेशवादी दलका राष्ट्रिय अध्यक्षहरु नै प्रतिष्पर्धामा रहेका कारण ४ नं. क्षेत्र बढी चर्चामा रहेको बताउँछन् । राष्ट्रिय अध्यक्षहरुबीचकै प्रतिष्पर्धा भएकाले उक्त क्षेत्र चर्चामा आउनु स्वभाविकै भएको झाको कथन छ । ‘‘दुवै अध्यक्षहरुबीच एकअर्काका र अन्य पार्टीबाट नेता कार्यकर्ता भित्र्याउने होडबाजी चलेको छ ।’’ झाले भने–‘‘जित्नका लागि दुवैजनाले मरिमेटेर हदैसम्मको प्रयास जारी राखेका छन् ।’’
हरेक निर्वाचन क्षेत्रबाट १ जनामात्र निर्वाचित हुने भएकाले दुई राष्ट्रिय अध्यक्ष मध्ये एकजना पछारिने कुरा त निर्वाचन अघि नै निश्चित भईसकेको छ । रह्यो कुरा दुईमध्ये कुन अध्यक्षले जीतको पगरी लगाउलान वा दुवैजना पछारिएर अर्को उम्मेद्वारले बाजी मार्ने हो भन्ने तथ्य कुराचाँही आगामी मंसिर ४ गतेको मतदानपछि हुने गणनाकै गर्भमा लुकेको छ ।

No comments:

Post a Comment