Wednesday, November 13, 2013

निर्वाचन पर्यवेक्षक तालिम

निर्वाचन पर्यवेक्षक तालिम
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक २७ । निर्वाचनका समयमा अनुगमन गर्न खटिने पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताका साथै काम, कर्तव्य र अधिकारका बारे अभिमुखिकरण गराइएको छ ।
मंसिर–४ गते निर्वाचनका लागि खटिने क्षेत्र नं. १ र २ का पर्यवेक्षकलाई बुधबार अभिमुखिकरण तालिम दिइएको राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति नियोगका जिल्ला संयोजक विदुरकुमार प्याकुरेलले बताए । संयोजक प्याकुरेलका अनुसार जिल्लाका ६ वटै क्षेत्रका लागि प्रतिक्षेत्र ४० जनाका दरले खटिने दुईसय ४० जना निर्वाचन पर्यवेक्षकलाई अभिमुखिकरण तालिम दिन शुरु गरिएको हो ।
बुधबार क्षेत्र नं. १ का पर्यवेक्षकलाई लालबन्दीमा र क्षेत्र नं. २ का पर्यवेक्षकलाई नवलपुरमा तालिम दिइएको छ भने विहीबार क्षेत्र नं. ४, ५ र ६ का पर्यवेक्षकलाई मलंगवामा तालिम र क्षेत्र नं. ३ का पर्यवेक्षकलाई शुक्रबार बरहथवामा अभिमुखिकरण तालिम दिइने संयोजक प्याकुरेलले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा निर्वाचन शान्ति, स्वतन्त्र र तटस्थ रुपमा सम्पन्न भए÷नभएको अनुगमन गर्ने लगायत विभिन्न नियमबारे नियोगका प्रशिक्षकहरु हरि धमला, दिनेश घिमिरे, मन्दिरा आचार्य लगायतले सहजीकरण गरेका थिए ।

No comments:

Post a Comment