देउसी भैलोको रकमबाट मन्दिर
सर्लाही समाचादाता
रानिगंज मङ्सिर ०१ । तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट रानिगन्जका बासिन्दाले गाउँमा मन्दिर बनाउन जुटेका छन् ।
रानिगंज २ का स्थानीयले देउसी भैलो खेलेर संकलित कुल ८ हजार रकमका साथै गाउँको ३५ घरधुरी बाट १ हजार ५१ का दरले पुनः सहयोग रकम संकलन गरि मन्दिर निमार्ण कार्य शुरु गरिएको स्थानीय सुबास बस्नेतले जानकारी दिए । गाउँको पानी ट्याङकी अगाडी शिवको मन्दिर बनाउन शुरु गरिएको बस्नेतले बताए ।
देउसी भैलो खेलेर संकलित रकम सार्वजनिक कार्यमा खर्च निर्णय अनुरुप मन्दिर बनाउन शुरु गरिएकोे बताइएको छ । मन्दिर २ वर्ष भित्रमा बनाई सक्ने लक्ष्य राखिएको स्थानीयले जनाएका छन् ।
No comments:
Post a Comment