कांग्रेसको बरहथवामा क्षेत्रीय सभा सम्पन्न
सर्लाही समाचारदाता
बरहथवा, कात्तिक २७ । नेपाली कांग्रेस क्षेत्र नं.३ ले बुधबार बरहथवामा क्षेत्रीय सभा सम्पन्न गरेको छ ।
क्षेत्रीय सभापति नबराज कार्कीको अध्यक्षता रहेको सभामा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ प्रमुख अतिथि रहेका थिए । सभामा जिल्ला सभापति लक्ष्मण राय, ३ नं. क्षेत्रकी कांग्रेस उम्मेद्वार मिना पाण्डे, नेता बिनोद खनाल, जिल्ला सचिव नबिन अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
सभामा बोल्दै प्रमुख अतिथि गुरुङले कांग्रेसको नेतृत्व विना नयाँ संविधान नबन्ने ठोकूवा गर्दै कम्युनिष्टहरुले विकास र जनताको हित कहिल्यै नचाहने दावी गरे । संसारमा प्रजातान्त्रिक शक्तिकै शासन व्यवस्था विस्तार हुँदै गएकाले नेपालमा पनि यसको विकल्प नरहेको गुरुङले दावी गरे । सभामा बोल्दै कांग्रेस उम्मेद्वार पाण्डेले एमाओवादी लगायत प्रतिस्पर्धी उम्मेद्वारहरुले आफू विरुद्ध भ्रामक हल्ला फिजाएको भन्दै आक्रोश व्यक्त गरिन् । त्यस्तै सभामा बोल्दै नेता खनालले बरहथवा क्षेत्रको विकास निर्माण लगायतमा कांग्रेस र आÇनो व्यक्तिगत योगदान रहेको दावी गरे। सभामा प्रदिप गिरी, गगन थापा लगायत केन्द्रीय नेताहरु आउने भनिएपनि बन्दका कारण उनीहरु आउन नसकेको कांग्रेसले दावी गरेको छ । संचारकर्मी समेत रहेका स्थानीय प्रदिप कार्कीका अनुसार सभामा गगन थापाको अडियो भाषण सुनाईएको थियो ।
No comments:
Post a Comment