घरदैलो गर्दै उम्मेद्वारहरु
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १४ । संविधान सभा निर्वाचनका उम्मेद्वारहरु घरदैलोमा व्यस्त छन् । नजिकिदो चाडपर्वका कारण समय अभाव भएकाले पनि सबै उम्मेद्वारहरु एकसाथ घरदैलोमा व्यस्त बनेका हुन् ।
यसैक्रममा विहिबार नेपाली कांग्रेस क्षेत्र नं. १ की उम्मेद्वार शुशिला कार्कीले ईश्वरपुर गाविसमा घरदैलौ कार्यक्रम गरेकी छिन् । वडा नं. १, २ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको सो पार्टीले जनाएको छ । कार्यक्रममा महासमिती सदस्य बेनी बहादुर कार्की , क्षेत्रिय सभापती प्रमोद वराल, महादिवेशन प्रतिनिधी दिपक अधकारी , क्षेत्रिय सचिव रामनारायण सिंह, गाउँ सभापती बेचु प्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै सद्भावना पार्टीका क्षेत्र नं. १ का उम्मेद्वार रुपनारायण सिंहले बेला गाविसका वडा नम्वर ३, ४, ५ र ६ मा घरदैलो कार्यक्रम गरेका छन् । त्यस्तै नेकपा एमालेका क्षेत्र नं. २ का उम्मेद्वार सुरेन्द्र लामाले हरिवनमा घरदैलो गरेका छन् । विभिन्न नेताकार्यकर्ताहरसँगै हरिवन क्षेत्रमा उम्मेद्वार लामाको लागि भोट मागिएको एमालेले जनाएको छ ।
त्यस्तै मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ३ का उम्मेद्वार रामवली रायले धनगढामा घरदैलो गरेका छन् । ‘‘दुईदिनदेखि धनगढामा घरदैलो गरिहेको छु, अझै १–२ वार्ड बाँकी छ ।’’ उनले भने–‘‘मतदाताबाट अत्यन्त मायाँ पाईरहेको छु ।’’
त्यस्तै मधेशी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ५ का उम्मेद्वार अशोककुमार यादवले क्षेत्रमा घरदैलो जारी रहेको बताएका छन् । आफूलाई मतदाताबाट अत्यन्त सहानुभुती प्रकट गरिरहेको दावी गरे । ‘‘मेरो स्थिती अत्यन्त राम्रो बनेको छ ।’’ उनले भने ।
No comments:
Post a Comment