आज प्रचण्डको सम्बोधन
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २१ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आÇना उम्मेद्वारहरुको प्रचारप्रसारका लागि शुक्रबार सर्लाही आउँदै छन् ।
उनले लालबन्दी, हरिवन र कर्मैयामा हुने पार्टीको क्षेत्रीय सभालाई सम्बोधन गर्ने बताईएको छ । एमाओवादी सर्लाहीका अनुसार विहानै महोत्तरीतर्फबाट सर्लाही प्रवेश गर्ने अध्यक्ष प्रचण्ड अपरान्हसम्ममा पश्चिमतर्फ लागिसक्नेछन् । अभियान अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा पर्ने क्षेत्रहरुमा शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । जसअन्तर्गत सर्लाहीको क्षेत्र नंं. १ को लालबन्दी, २ को हरिवन र ३ को कर्मैयामा अध्यक्ष प्रचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने पार्टी स्रोतले जनायो । आगामी संविधान सभा निर्वाचनमा आÇना उम्मेदवारहरूलाई विजयी बनाउने उद्देश्यले देशव्यापी दौडाहा गर्ने क्रममा अध्यक्ष प्रचण्ड सहित उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले मेचीमहाकाली राष्ट्रिय अभियान सुरु गरेका हुन् । बुधबार पूर्वीनाका काँकडभिट्टाबाट सुरु एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान आगामी कात्तिक २७ गते बुधबारसम्म चल्नेछ ।
No comments:
Post a Comment