Tuesday, November 12, 2013

निर्वाचनका लागि छ हजार जनशक्ति

निर्वाचनका लागि छ हजार जनशक्ति
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २६ । आसन्न संविधान सभाको निर्वाचनका लागि स्वयं सेवक सहित छहजार कर्मचारीहरु परिचालन गरिएको छ ।
जिल्लामा रहेका पाँचसय पाँचवटा मतदान केन्द्र र सदरमुकाममा राखिने एक अस्थायी
मतदान केन्द्रका लागि जनही पाँच देखि सात जना सम्मका कर्मचारी र अनावश्यक स्वयंसेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार तीनसयभन्दा कम मतदाता रहेका स्थानमा पाँचजना, पाँचसयसम्म मतदाता रहेको स्थानमा ६ र नौसयसम्म मतदाता रहेका स्थानमा सातजनाका दरले कर्मचारी र आवश्यक अनुसार  स्वयं सेवकहरुलाई खटाइएको छ ।
मतदान अधिकृत सहित खटाइएका कर्मचारीहरुलाई २८ र २९ गते नियुक्तिपत्र दिएर आवश्यक सामग्रीसहित मंसिर–१ गतेबाट आ–आफ्नो मतदान केन्द्रमा खटाइने निर्वाचन कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । निर्वाचनमा खटिने स्वयंसेवकहरुलाई भने मतदान अधिकृतले मंसिर २ देखि ४ गतेसम्मका लागि नियुक्ति दिने बताइएको छ । निर्वाचनमा तीनहजार पाँचसय भन्दा बढी कर्मचारी र दुईहजार चारसय भन्दा बढी स्वयं सेवक रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment