अचम्मको बाछो हेर्न भिड
सर्लाही समाचारदाता
गौरीशंकर, कात्तिक २२ । गाईले पाँचओटा खुट्टा भएको बाच्छो जन्माएपछि गौरीशंकरमा स्थानीय बासिन्दाको भिड लागेको छ ।
विहिबार साँझ गौरी शंकर गाविस–५ स्थित संजय साहकोे गाईले पाँचओटा खुट्टा भएको बाछो जन्माएपछि शुक्रबारबाट सो बाच्छो हेर्न सर्वसाधरणकोे भिड लागेको हो । अनौठो बाच्छोको अगाडी दुइवटा र पछाडी तीनवटा खुट्टा रहेको स्थानीय बासिन्दाले बताए ।
बाच्छोको शरीर अस्वाभिक भएपनि अन्य शारिरिक बनावट भने साधारण बाच्छाबाच्छीको जस्तै रहेको स्थानीयले बताएका छन् । शारिरीक वनावट अस्वभाविक रहेकाले स्थानीय बासिन्दाले भने चमत्कारिक भगवानको रुप मानेर पुज्ने गरिरहेका छन् ।
No comments:
Post a Comment