ग्लोबल आईएमई बैंक लालबन्दीमा
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक १४ । ग्लोबल आईएमई बैंकको शाखा कार्यालय लाबन्दीमा विहिबार स्थापना भएको छ ।
बेमौसमी तरकारी खेती लगायत क्षेत्रमा लगानी गर्दै आर्थिक विकासमा टेवा पु¥याउने उद्धेश्यले शाखा स्थापना गरिएको बैंकले जनाएको छ । मुलुकमा लालबन्दी सहित ७२औं शाखा पुगेको बैंकले जनाएको छ ।
शाखा कार्यालयको उद्घाटन संचालक कृष्णबहादुर कुँवर र प्रमुख अतिथि सुरेन्द्र गोल्छाले संयुक्त रुपमा गरेका थिए भने एटिएमको उदघाटन रिवन काटेर उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधानले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले लगायतले शुभकामनाका साथै बैंकको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै बैंकका शाखा प्रवन्धक देव प्रसाद श्रेष्ठले लकर, ईन्टरनेट, एटिएम लगायत विभिन्न सुविधा रहेको बताए ।
No comments:
Post a Comment