कांग्रेसको क्षेत्रीय सभा
सर्लाही समाचारदाता
बबरगंज, कात्तिक १४ । नेपाली कांग्रेसले क्षेत्र नं. ४ को बबरगंजमा विहिबार क्षेत्रीय सभा भएको छ ।
सभालाई कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गरेका थिए । बबरगंज गाविस–१, बडकुड्वामा भएको सभामा क्षेत्र नं. ४ का उम्मेद्वार एवं जिल्ला सभापति लक्ष्मण राय, सचिव नविन अधिकारी, जिल्ला प्रचारप्रसार तथा अनुगमन एवं निरीक्षण समितिका संयोजक सत्यदेवसिंह थारु दनुवार, क्षेत्र नं. १ का अध्यक्ष प्रमोद बराल, तरुण दलका अध्यक्ष सूर्यनारायण राय, सिमाराम राय, विनोद साह, बद्रीनारायण चौधरी, विष्णुमणि घिमिरे लगायतले कांग्रेसमा मतदात गर्न आग्रह गरेका थिए। सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको गाउँ बबरगंजमा कांग्रेसले आÇनो संगठन बलियो बनेको बताए ।
No comments:
Post a Comment