निर्वाचनमा प्रहरीलाई तीन जीप
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २५ । आसन्न संविधान सभाको दोश्रो निर्वाचन सुरक्षाका लागि सर्लाही प्रहरीलाई उपलब्ध तीन वटा स्करपियो जीप आइतबार आइपुगेको छ ।
भारत सरकारको सहयोगमा म्ूलुकभर उपलब्ध गराइएको महेन्द्रा कम्पनीको स्करपियो जीप मध्ये तीनवटा सर्लाहीको भागमा परेको बताइएको छ ।
उपलब्ध तीनवटा जीप (पिकअप) मध्ये एक हरिवन इलाका प्रहरी, एक नवलपुर इलाका प्रहरी र एक जिल्ला प्रहरी कार्यालयमा प्रयोग गरिने जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । निर्वाचन सुरक्षार्थ छवटा मोटरसाइकल पनि चाडै आइपुग्ने प्रहरी प्रवक्ता ओलीले जानकारी दिए । संविधान सभा–२ निर्वाचन सुरक्षार्थका लागि भारत सरकारले स्करपियो जिप र मोटसाईकल सहयोग स्वरुप उपलब्ध गराएको थियो ।
No comments:
Post a Comment