Monday, November 11, 2013

निर्वाचनका तालिमहरु सकिए

निर्वाचनका तालिमहरु सकिए
सर्लाही समचारदाता
मलंगवा, २५ कात्तिक । आसन्न संविधान सभा निर्वाचनमा परिचालन गरिन लागिएको मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम सम्पन्न भएको छ ।
  मंसिर ४ गते हुनलागेको चुनावमा  मतदानकेन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई निर्वाचन संचालन सम्बन्धी  दुइदिने अभिमूखिकरण तालिम सोमबार सम्पन्न भएको छ । जिल्लाका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतमा छनौट भएका १ हजार ५१ जना कर्मचारी तथा शिक्षकहरुको लागी तालिम दिइएको  जिल्ला निवार्चन कार्यालय सर्लाहीका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । ५ सय २४ जना मतदान अधिकृत र ५ सय २७ जना सहायक मतदान अधिकृत मलंगवामा स्थित सर्लाही क्याम्पसमा भएको तालिममा सहभागी भएका कार्यालयले जनाएको छ । यससंगै निर्वाचनका लागि गरिनुपर्ने सम्पुर्ण तालिमहरु सकिएको निर्वाचन कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यसअघि मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण,स्थानिय सुपरिवेक्षक समन्वयकर्ता, कार्यकर्ता र मतदाता शिक्षा स्यंम सेवक  तथा निर्वाचन र संचार बिषयक अनुशिक्षण तालिम सम्पन्न भएको अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment