Sunday, November 10, 2013

पाँच दिन सार्वजनिक विदा

पाँच दिन सार्वजनिक विदा
काठमाण्डौ, कात्तिक २४ । संविधान सभा निर्वाचनका लागि सरकारले पाँच दिन सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार मंसिर १ गतेदेखि ५ गतेसम्म विदा दिने सोंच सरकारले बनाएको छ ।
‘‘सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले विदाको निर्णयलाई औपचारिकता दिनेछ’’ एक मन्त्रीले भने ।
ती मन्त्रीका अनुसार सुरुमा तीन दिन मात्र विदा दिने मनस्थिती बनेकोमा फेरि पाँच दिन नै आवश्यक देखेकाले त्यसै अनुरुप निर्णय हुन लागेको हो । अघिल्लो संविधान सभा निर्वाचनमा पनि सरकारले पाँच दिन सार्वजनिक विदा दिएको थियो । पहिले भन्दा दुई दिन घटाएर तीन दिन मात्र छुट्टी दिने भनिएपनि मतदाता परिचयपत्र वितरणको काम थपिएकाले पाँचै दिन कायम गर्नुपर्ने अवस्था आएको छ ।
सरकारका अधिकांस कर्मचारी नै निर्वाचन सञ्चालनमा खटिने हुँदा पनि लामो विदा दिने उदारता सरकारले देखाएको हो । (कभतयउबतष्।अयm बाट)

No comments:

Post a Comment