आमहड्ताल असफल पार्ने निर्णय
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २४ । सदरमुकाम मलंगवामा आइतबार भएको सर्वपक्षीय बैठकले सर्लाहीमा निर्वाचन अवधीभर अत्यावश्यक सेवा सुचारु राख्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यतायात, स्वास्थ्य, विद्युत, सञ्चार लगायत विभिन्न अत्यावश्यक सेवा सञ्चालनमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लको समेत उपस्थिती रहेको बैठकमा विभिन्न राजनैतिक दलका नेता, उद्योगी व्यापारी, नागरिक समाजका प्रतिनिधी, संचारकर्मी लगायत विभिन्न तह र तप्काका प्रतिनिधीहरुको उपस्थिती रहेको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए ।
बैठकले निर्वाचन सफल रुपले सम्पन्न गर्नका लागि निर्वाचन अवधीभर सम्पूर्ण सेवाहरु सुचारु राख्ने निर्णय गरेको प्रजिअ घिमिरेले बताए । प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल लगायत सुरक्षा अधिकारीहरुको समेत उपस्थिती रहेको बैठकले मंसिर ४ मा हुने चुनाव स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित एवम् विश्वसनिय बतावरणमा सम्पन्न गर्नका लागि आ–आप्mनो तर्फबाट सहयोग पु¥याउने निर्णय समेत गरेको छ ।
भेलामा सहभागिहरुले सुरक्षाको दृष्टिकोणले संवेदनशिल मानिएका दक्षिणमा भारत र पश्चिममा वागमति सँग जोडिएको क्षेत्र नं. ६ मा कडा सुरक्षा व्यवस्था मिलाउन स्थानिय प्रशासन सँग माग गरेका थिए । नागरिक समाजका अगुवा उग्रकान्त झाले गत चुनावहरुको इतिहास हेर्दा ६ नं. क्षेत्रमा सुरक्षा सतर्कता अपानाउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा निर्वाचन आयोगबाट सर्लाही र रौतहटका लागि अनुगमनकर्ताको रुपमा खटिएका प्रधानमन्त्री कार्यालयका सचिव मल्लले भयरहित बतावरणमा चुनाव सम्पन्न गर्न राजनीतिक दल सहित सबैपक्षसँग आग्रह गरे । बैठकमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीको समेत उपस्थिती रहेको थियो ।
निर्वाचन विरोधी दलहरुबाट सोमबारदेखि आव्हान भएको आमहड्ताल सहितको बन्दलाई निस्कृय पार्ने र सर्वसाधारणको दैनिक जनजिवन सहज बनाउने उद्धेश्यले सर्वपक्षीय बैठक राखिएको प्रजिअ घिमिरेले बताए ।
त्यस्तै साँझ जिल्ला प्रशासन कार्यालयमै भएको बैठकले निर्वाचन विरोधी दलहरुको आमहड्ताल लगायत कार्यक्रम भएपनि पेट्रोलियम पदार्थ विक्री वितरण सुचारु राख्ने निर्णय गरेको छ । प्रजिअ घिमिरेका अनुसार नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख दिपक बराल, पेट्रोलियम डिलर्स एशोसियशन सर्लाहीका अध्यक्ष सुनिल साह, पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी, मजदुर लगायतको उपस्थिती रहेको बैठकले आमहड्ताल लगायत जस्तोसुकै अवस्थामा समेत पेट्रोलियम पदार्थ विक्री वतरण सुचारु राख्ने निर्णय गरेको हो । पेट्रोलियम डिलर्स एशोसियशन सर्लाहीका अध्यक्ष साहले तेल आए विक्री वितरण गर्ने प्रतिबद्धता जनाईएको बताए ।
No comments:
Post a Comment