Friday, November 1, 2013

चुरेभावरका उम्मेद्वारको निधन

चुरेभावरका उम्मेद्वारको निधन
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १४ । दोश्रो संविधान सभाका निर्वाचनका लागि क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वारको विहिबार विहान निधन भएको छ ।
चुरेभावर लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दिएका थलराज वाग्ले (राजु) को विरगंज स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । हरिवन–४ निवासी पार्टीका केन्द्रिय सदस्य ३२ वर्षिय वाग्लेको मृत्यु बारे विभिन्न
अभिव्यक्ति आएको भएपनि स्पष्ट कारण बारे खुलेको छैन । चुरेभावर राष्ट्रिय एकता पार्टीको स्थापना कालदेखि नै सक्रिय वाग्लेको एक श्रीमती तथा पाँच र नौ वर्षिय दुई छोराहरु छन् ।
वाग्लेको निधन बारे आधिकारीक रुपमा कुनै जानकारी नआएको क्षेत्र नं. ३ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठका अनुसार वाग्लेको निधन पुष्टि सहित पार्टीले अर्काे उम्मेद्वार पठाउन सक्ने भएको उल्लेख गर्दै निर्वाचनको मिति भन्दा १५ दिन अघिको घटनाले निर्वाचन कार्यक्रम नसर्ने नियममा उल्लेख भएको बताए । श्रेष्ठले भने –‘निर्वाचन मितिको १५ दिन भन्दा कम समय हुँदा उम्मेद्वारको निधन भएमा सो क्षेत्रको निर्वाचन तालिका नै परिवर्तन हुने थियो ।
वाग्लेको स्थानमा पार्टीले अर्काे उम्मेद्वार नपठाउँदा भने उनको चुनाव चिन्ह झिकेर अर्काे मतपत्र छाप्नु पर्ने भएको श्रेष्ठले बताए ।

No comments:

Post a Comment